शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

हरित बैंकिङ पद्धति प्रवर्द्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्सबीच रणनीतिक साझेदारी

शुक्रबार, साउन १ २०८३
हरित बैंकिङ पद्धति प्रवर्द्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्सबीच रणनीतिक साझेदारी

यो सहकार्यले हरित वित्त प्रवर्द्धन, दिगो आर्थिक विकास तथा स्वच्छ एवं जलवायु उत्थानशील भविष्यतर्फको यात्रामा महत्वपूर्ण ऊर्जा थप्ने विश्वास गरिएको छ।

काठमाडौं- कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि मिनर्जी इन्निसियटिभ्ससँग रणनीतिक सम्झौता गरेको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की र मिनर्जीका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले हस्ताक्षर गरे।

यो सहकार्यले हरित वित्त प्रवर्द्धन, दिगो आर्थिक विकास तथा स्वच्छ एवं जलवायु उत्थानशील भविष्यतर्फको यात्रामा महत्वपूर्ण ऊर्जा थप्ने विश्वास गरिएको छ।

पर्यावरण तथा हरित बैंकिङ प्रवर्द्धनमा केन्द्रित यो सम्झौतामा समुदायलाई बैंकको लागि योग्य बनाउने र बैंकलाई पनि लक्षित समुदायअनुरुप क्षमता अभिवृद्धि गर्दै विभिन्न आयामहरुमा सहकार्य गर्नेगरी फराकिलो कार्यदायरा स्थापना गरेको बैंकले जनाएको छ।

'अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीहरूबीचको खाडल कम गर्न समुदायको यथार्थ अवस्था र बैंकिङ जोखिमको ढाँचा दुवैलाई गहिरो रूपमा बुझ्ने एउटा सुदृढ पारिस्थितिक प्रणाली आवश्यक छ,' बैंकको दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले भने, 'यो साझेदारीले क्षमता अभिवृद्धिका प्रयासलाई वास्तविक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने छ।'

हाल कुमारी बैंकले आफ्ना २८६ शाखा, ३०४ एटीएम, ४० एक्स्टेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ एकाइ र एक हजार २३३ पीओएस टर्मिनलसहितको बृहत् सञ्जाल र अत्याधुनिक डिजिटल बैंकिङ सेवामार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।


प्रकाशित : शुक्रबार, साउन १ २०८३१४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend