शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

प्रतितोला ३ हजार एकसय रूपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार, साउन १ २०८३
प्रतितोला ३ हजार एकसय रूपैयाँले घट्यो सुनको मूल्य

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार एकसय रूपैयाँले घटेको हो।

काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। 

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार एकसय रूपैयाँले घटेको हो।

शुक्रबारका लागि सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार १०० रूपैयाँ तोकिएको छ। बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य प्रतितोला १२५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला ४ हजार दुईसय रूपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : शुक्रबार, साउन १ २०८३१२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend