शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

५० अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १ २०८३
५० अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्। इच्छुक संस्थाहरूले आज साउन १ गते दिउँसो ३बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत आफ्नो बोलपत्र पेस गर्नुपर्नेछ।

काठमाडौं- राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्ने भएको छ। बैंकले ९० दिनको लागि  रकम संकलन गर्न लागेको जानकारी दिएको हो। 

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्। इच्छुक संस्थाहरूले आज साउन १ गते दिउँसो ३बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत आफ्नो बोलपत्र पेस गर्नुपर्नेछ।

यस उपकरणको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ सहभागी हुन चाहने वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको लागि आवेदन दिन सक्नेछन्। 

यसरी संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी २०८३ असोज २९ गते हुने राष्ट्र बैंकले जनाएको छ। यो निक्षेप रकमलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा समेत प्रयोग गर्न सकिने  छ।  

निक्षेप संकलनका लागि आवेदन दिँदा रकम र ब्याजदर स्पष्ट उल्लेख गर्नुपर्नेछ। बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँड गरिने र समान ब्याजदर भई रकम बढी भएमा प्रो-राटा बेसिसमा बाँडफाँड गरिनेछ।

प्रकाशित : शुक्रबार, साउन १ २०८३१०:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend