बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

राइड सेयरिङ चालकले प्यान लिनुपर्ने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ३२ २०८३
राइड सेयरिङ चालकले प्यान लिनुपर्ने

नेपालमा राइड सेयरिङ पूर्णकालीन वा आंशिक रोजगारीको ठूलो माध्यम बनेको छ। यो निर्णयले स्वरोजगार नागरिकलाई कर दायित्व थपिने भएको छ।

काठमाडौं- आन्तरिक राजस्व विभागले राइड सेयरिङ प्लेटफर्ममा आबद्ध चालकहरूका लागि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ। 

बिहीबार जारी गरेको सूचनाअनुसार आयकर ऐन, २०५८ को दफा ७८ तथा आयकर नियमावली, २०५९ को नियम २३ को कानुनी व्यवस्थालाई स्मरण गराउँदै अनिवार्य गराएको हो। 

करयोग्य आय आर्जन गर्ने वा कर कट्टी गर्नुपर्ने जोसुकै व्यक्तिले कारोबार सुरु गर्नुअघि नै अनिवार्य रूपमा प्यान लिनुपर्ने स्पष्ट कानुनी व्यवस्था देखाउँदै विभागले चालकहरु‍लाई प्यान नम्बर अनिवार्य गरेको हो। 

नेपालमा राइड सेयरिङ क्षेत्र लामो समयदेखि अनौपचारिक वा अर्ध-औपचारिक रूपमा सञ्चालन भइरहेको थियो। यो निर्णयले यो क्षेत्रलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउने विश्वास सरकारको छ। कर संकलनभन्दा पनि ‍प्रणालीको दायरा विस्तार हुने विश्वास सरकारको छ। 

नेपालमा राइड सेयरिङ पूर्णकालीन वा आंशिक रोजगारीको ठूलो माध्यम बनेको छ। यो निर्णयले स्वरोजगार नागरिकलाई कर दायित्व थपिने भएको छ। 


प्रकाशित : बिहीबार , असार ३२ २०८३१७:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend