बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नेप्से परिसूचक ७ अंकले बढ्यो, ४ अर्ब ५६ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ३२ २०८३
नेप्से परिसूचक ७ अंकले बढ्यो,  ४ अर्ब ५६ करोड रुपैयाँको कारोबार

आज नेप्सेमा १ सय २१ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी १ सय ५१ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ७१ कम्पनीको ९४ लाख ६९ हजार ९९ कित्ता सेयर ३९ हजार ५ सय ९५ पटक किनबेच भएको छ।

काठमाडौं- साताको चौथो कारोबार दिन आज बिहीबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ७.५० अंकले बढेर २५९७.८० बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से १४ अंकले बढेर २५९०.२९ बिन्दुमा पुगेर बन्द भएको थियो।

आज नेप्सेमा १ सय २१ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी १ सय ५१ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ७१ कम्पनीको ९४ लाख ६९ हजार ९९ कित्ता सेयर ३९ हजार ५ सय ९५ पटक किनबेच भएको छ।

आज ४ अर्ब ५६ करोड २९ लाख ५० हजार ७ सय रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब १७ करोड ३ लाख ९८ हजार ४९ रुपैयाँको कारोबार भएको थियो।

एनआईबीएल ग्रोथ फन्ड सबैभन्दा धेरै १४ प्रतिशतले बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड सबैभन्दा धेरै ८.७७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै केबीएल डिबेन्चरको २४ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक घटेको छ। ९ उपसमूहको परिसूचक बढेको छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.६६ प्रतिशत बढेको छ।

प्रकाशित : बिहीबार , असार ३२ २०८३१५:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend