शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

विश्वको पहिलो सोलार पावर ‘हम्बल वान’ एसयूभी

आइतबार, चैत २० २०७८
विश्वको पहिलो सोलार पावर ‘हम्बल वान’ एसयूभी

काठमाडौं- अमेरिकाको क्लालिफोर्निमा स्थानापना भएको स्टार्टअप कम्पनी हो हम्बल मोटर्स। यो कम्पनीले पहिलो पटक सोलारबाट चल्ने विद्युतीय एसयूभी सोकेस गरेको छ। कम्पनीले उत्पादन गरेको पहिलो एससूभी हम्बल वान निक्कै आकर्षक रहेको छ। 

हम्बल वान सोलार उर्जाबाट चल्ने विद्युतीय मोटर जडित कार हो जसले करिब ९६ किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ। हम्बलले बनाएको यो कार नै पहिलो मानिएको छ। तर यसअघि केही कम्पनीले पनि सोलार कारको प्रोटोटाइप भने सार्वजनिक भएको थियो। 

घाम लाग्ने मौसममा यो कार चार्ज हुनमा समस्या नदेखिएपनि अन्य मौसममा के हुन्छ भन्ने बारे भने केही खुलाइएको छैन। यो कारको फ्रन्ट ग्रिल निक्कै भिन्न खालेको र आकर्षक रहेको छ। 

कारको टपमा भएको सोलार प्यानलबाट ब्याट्री सेल चार्ज हुनेछ। यो कारले दैनिक करिब ९६ किलोमिटर रेन्ज दिनेछ। तर यो कार फुल चार्ज भएपछि भने ८ सय ५ किलोमिटर रेन्ज दिनेछ। 

हम्बल वानले प्रिअडर बापत नै २ करोड डलर संकल गरिसकेको छ। तथापी यो कार २०२४ अघि सार्वजनिक सम्भावना निक्कै कम रहेको छ। हम्बल वान तुलनात्मक महगो हुने अनुमान गरिएको छ। यो कारको सुरुवाती मूल्य करिब १ लाख ९ हजार डलर हुने प्रारम्भिक अनुमान कम्पनीको छ। 


प्रकाशित : आइतबार, चैत २० २०७८०७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend