बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सेयर बजार सुधारका लागि १० वर्षे राष्ट्रिय रोडम्याप, बजार पुँजीकरण जीडीपीको १५० प्रतिशत पुर्‍याउने लक्ष्य

बुधबार, असार ३१ २०८३
सेयर बजार सुधारका लागि १० वर्षे राष्ट्रिय रोडम्याप, बजार पुँजीकरण जीडीपीको १५० प्रतिशत पुर्‍याउने लक्ष्य

काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) ले  पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी प्रणालीमा रूपान्तरण गर्ने दीर्घकालीन योजनासहित तीन चरणको राष्ट्रिय रोडम्याप सार्वजनिक गरेको छ।

'नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३ सार्वजनिक गरेको गर्दै बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले सन् २०२६ देखि  २०३६ सम्मका लागि पुँजी बजार सुधारको  मार्गचित्र सार्वजनिक गरेका हुन्।

जसमा परम्परागत बैंक र केन्द्रित वित्तीय प्रणालीमात्र अबको आर्थिक वृद्धिका लागि पर्याप्त नहुने ठहर गर्दै  पुँजी बजारलाई राष्ट्रिय आर्थिक विकासको 'दोस्रो स्तम्भ'को रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।

पुँजी बजारको दीर्घकालीन विकासका लागि  तीन चरणको रोडम्याप प्रस्ताव गरिएको छ। जसमा  प्रथम चरण सन् २०२६ देखि २०२७  मा कानूनी, संस्थागत तथा नियामककीय सुधारमा केन्द्रित हुनेछ।

त्यसैगरी, दोस्रो चरण सन् २०२८ देखि २०३० मा बजार विस्तार, वित्तीय उपकरणको विविधीकरण तथा डिजिटल रूपान्तरण गरिने उल्लेख छ।

तेस्रो चरण सन् २०३१ देखि २०३६ अन्तर्राष्ट्रियकरण, क्षेत्रीय एकीकरण तथा विश्वस्तरीय पुँजी बजारको निर्माण गरिने उल्लेख छ।

सन् २०३१ देखि २०३६ को अवधिभित्र नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको, प्रविधिमैत्री, बहु-वित्तीय साधनयुक्त तथा क्षेत्रीय रूपमा प्रतिस्पर्धी वित्तीय प्रणालीमा रूपान्तरण गर्ने मूल लक्ष्य राखिएको छ।

जसमा परम्परागत बैंक र केन्द्रित वित्तीय प्रणाली मात्र अबको आर्थिक वृद्धिका लागि पर्याप्त नहुने ठहर गर्दै  पुँजी बजारलाई राष्ट्रिय आर्थिक विकासको 'दोस्रो स्तम्भ'को रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।

पुँजी बजारको दीर्घकालीन विकासका लागि  तीन चरणको रोडम्याप प्रस्ताव गरिएको छ। जसमा  प्रथम चरण सन् २०२६ देखि २०२७  मा कानूनी, संस्थागत तथा नियामककीय सुधारमा केन्द्रित हुनेछ।

त्यसैगरी, दोस्रो चरण सन् २०२८ देखि २०३० मा बजार विस्तार, वित्तीय उपकरणको विविधीकरण तथा डिजिटल रूपान्तरण गरिने उल्लेख छ।

तेस्रो चरण सन् २०३१ देखि २०३६ अन्तर्राष्ट्रियकरण, क्षेत्रीय एकीकरण तथा विश्वस्तरीय पुँजी बजारको निर्माण गरिने जनाइएको छ।

सन् २०३१ देखि २०३६ को अवधिभित्र नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको, प्रविधिमैत्री, बहु-वित्तीय साधनयुक्त तथा क्षेत्रीय रूपमा प्रतिस्पर्धी वित्तीय प्रणालीमा रूपान्तरण गर्ने मूल लक्ष्य राखिएको छ।

मार्गचित्रले आगामी सन् २०३६ सम्मका लागि  महत्वाकांक्षी लक्ष्यहरू तय गरेको छ। जसअन्तर्गत हाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ७०–८० प्रतिशत हाराहारीमा रहेको बजार पुँजीकरणलाई बढाएर १५० प्रतिशतभन्दा बढी पुर्‍याइने उल्लेख छ। 

त्यस्तै, सूचीकृत कम्पनीहरूको संख्या ३०० बाट ५०० भन्दा बढी, दैनिक सेयर कारोबार रकम ८ अर्बबाट  ३० अर्ब रुपैयाँ पुग्ने छ।र डिम्याट खाता संख्या ८० लाखबाट १ अर्ब २ करोडभन्दा बढी पुर्‍याउने लक्ष्य राखिएको छ। 

कुल कारोबारमा संस्थागत लगानीको हिस्सा ४० प्रतिशतभन्दा बढी पुर्‍याउने, कर्पोरेट ऋणपत्र बजारलाई कुल बजारको २० प्रतिशत हिस्सा ओगट्ने गरी विकास गर्ने, म्युचुअल फन्डका योजनाहरू १५० भन्दा बढी पुर्‍याउने र हाल शून्य रहेको साना तथा मझौला उद्यम को सूचीकरण संख्या २०० भन्दा बढी पुर्‍याउने रणनीति रोडम्यापमा उल्लेख छ। 

यसका साथै हरित ऋणपत्रको नियमित निष्कासन गर्ने र हाल व्यवस्था नभएको विदेशी पोर्टफोलियो लगानीलाई चरणबद्ध रूपमा भित्र्याउने योजना समेत बनाइएको छ। 

यो समग्र रूपान्तरणका लागि बोर्डले सुदृढ कानूनी संरचना, बजार विविधीकरण, प्रविधिमा आधारित बजार र लगानीकर्ता संरक्षणसहितका सात रणनीतिक स्तम्भहरू अघि सार्दै यसलाई समग्र आर्थिक रूपान्तरण र दक्षिण एसियाली वित्तीय बजारमा नेपाललाई अग्रणी स्थानमा पुर्‍याउने राष्ट्रिय लक्ष्य छ।

प्रकाशित : बुधबार, असार ३१ २०८३१५:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend