सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

बालेन सरकारमा पनि दूरसञ्चार प्राधिकरणमा गैरप्राविधिक नेतृत्व, अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

सोमबार, असार २९ २०८३
बालेन सरकारमा पनि दूरसञ्चार प्राधिकरणमा गैरप्राविधिक नेतृत्व, अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

प्राधिकारको प्रकृति प्राविधिक भएपनि नेतृत्वदेखि कर्मचारीसम्म प्रशासनकै बाहुल्यता रहेको छ। बालेन सरकारले पनि यसलाई निरन्तरता दिएको छ।

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। सरकारले दूरसञ्चारको नियामक प्राधिकरणमा त्यही कार्यरत घिमिरेलाई नियुक्त गरेको हो। 

घिमिरे प्राधिकरणको प्रशासनतर्फका कर्मचारी हुन्। उनी हाल निर्देशकका रुपमा कार्यरत थिए। दूरसञ्चारको प्राविधिक नियमन गर्नुपर्ने प्राधिकरणमा प्रशासनतर्फका मान्छेलाई नियुक्त गरिँदै आएको छ। 

प्राधिकरणमा गैरप्राविधिक मान्छे नै नेतृत्वमा पुग्ने गरेका छन्। यसअघिका अध्यक्ष भुपेन्द्र भण्डारी सीए भएपनि दूरसञ्चारको प्राविधिक पक्षको जानकार होइनन्। त्यसअघिका अध्यक्ष पुरुषोत्तम खनाल पनि प्रशासनकै मान्छे हुन्। 

प्राधिकारको प्रकृति प्राविधिक भएपनि नेतृत्वदेखि कर्मचारीसम्म प्रशासनकै बाहुल्यता रहेको छ। बालेन सरकारले पनि यसलाई निरन्तरता दिएको छ।

नवनियुक्त अध्यक्षले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन्। दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले आजै पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान कमीकमजोरी हटाउँदै समस्या समाधानमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कानून, नियम र नीतिको परिधिभित्र रहेर दूरसञ्चार क्षेत्रको विकास, सेवा विस्तार तथा सुशासनका लागि काम गर्ने उनले बताउए। उनले नागरिकमुखी, उत्तरदायी र प्रभावकारी दूरसञ्चार क्षेत्र निर्माणलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने उल्लेख गर्दै आवश्यक निर्णय लिन आफू दृढतापूर्वक अघि बढ्ने उल्लेख गरे।


प्रकाशित : सोमबार, असार २९ २०८३१७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend