सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

सुनको मूल्य तोलामा दुई हजार ८ सय रुपैयाँले घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २९ २०८३
सुनको मूल्य तोलामा दुई हजार ८ सय रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई हजार ८ सय रुपैयाँले घटेको हो।

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई हजार ८ सय रुपैयाँले घटेको हो। 

यससँगै आज सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। हिजो सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा तोलामा १ सय रुपैयाँले घटेर  ४ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ।  हिजो चाँदी ४ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, असार २९ २०८३११:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend