सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

१५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २९ २०८३
१५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउने

इच्छुक वित्तीय संस्थाहरूले असार २९ गते मध्याह्न १२ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र बोलकबोलमा भाग लिन सक्नेछन् र सोही दिन ऋणपत्र निष्कासन गरिनेछ।

काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले १५ अर्ब रुपैयाँ बराबरको 'नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ' जारी गर्ने भएको छ। 

बैंकले १ वर्ष अवधिको यो ऋणपत्र निष्कासनका लागि २०८३ असार २९ गते बोलकबोल आह्वान गरेको हो। 

इच्छुक वित्तीय संस्थाहरूले असार २९ गते मध्याह्न १२ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र बोलकबोलमा भाग लिन सक्नेछन् र सोही दिन ऋणपत्र निष्कासन गरिनेछ।  

यो ऋणपत्रको बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। 

बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुव्याजदरमा पनि आवेदन दिन सकिनेछ। काउण्टरपार्टीहरूले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोल गर्न सक्नेछन्। यसरी प्राप्त बोलपत्रहरूको बाँडफाँट गर्दा ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी समितिले निर्धारण गरेको विन्दुमा एकल ब्याजदर कायम गरिनेछ र सो वा सोभन्दा कम बोल गर्नेहरूलाई ऋणपत्र बिक्री गरिनेछ।

यदि समान ब्याजदरमा कुल निष्कासित रकमभन्दा बढी आवेदन परेमा समानुपातिक रूपमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।  ऋणपत्रको स्वीकृत रकम निष्कासनकै दिन सम्बन्धित संस्थाको राष्ट्र बैंकमा रहेको खाता खर्च गरी जम्मा गरिनेछ।

यदि खातामा पर्याप्त मौज्दात नभएमा उक्त बोल रद्द गरी २.५० प्रतिशत हर्जाना लगाइनुका साथै ६ महिनासम्म खुला बजार कारोबार र ब्याजदर करिडोरका बोलकबोलहरूमा सहभागी हुन बन्देज लगाइनेछ। यस ऋणपत्रको साँवा भुक्तानी मिति २०८४ असार २९ गते तोकिएको छ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ। 


प्रकाशित : सोमबार, असार २९ २०८३११:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend