आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

एकैपटक ६ मन्त्री खरिपाटी होल्डिङ सेन्टर पुगेर भने -  सुकुम्बासीका नाममा राजनीति नगर्नू

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २८ २०८३
एकैपटक ६ मन्त्री खरिपाटी होल्डिङ सेन्टर पुगेर भने -  सुकुम्बासीका नाममा राजनीति नगर्नू

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासीलाई खरिबोटस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको जनाइएको छ।

काठमाडौं- गृहमन्त्री सुधन गुरुङसहित ६ मन्त्री एकैपटक सुकुम्बासीहरूलाई राखिएको खरिपाटी होल्डिङ सेन्टरको अवलोकनमा गएका छन्। उनीहरूले सुकुम्बासीका नाममा कसैलाई पनि राजनीति नगर्न आग्रह गरेका छन्। 

गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेका हुन्।

मन्त्री गुरूङसँगै सरकरका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव त्यहाँ पुगेका थिए। 

भूमि व्यवस्थामन्त्री रावलले आवश्यक प्रक्रिया पूरा गरेर लालपुर्जा दिएपछि आगामी दिनमा कसैले पनि औँला ठड्याउन नसक्ने गरी सरकारले काम गरिरहेको बताइन्।

सुकुम्बासी व्यवस्थापनका लागि केही समय लाग्ने उल्लेख गर्दै उनले सरकारले सुकुमबासीको दीगो समाधान गर्ने गरी काम गरिरहेको बताइन्। उनले सुकुमबासीका नाममा कसैलाई पनि राजनीतिक नगर्न आग्रह गरिन्।

सुकुम्बासीहरूसँग छलफल समेत गरेर तत्कालीन र दीर्घकालीन व्यवस्थापनबारे सरकारको तयारीबारे अवगत गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासीलाई खरिबोटस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको जनाइएको छ। 


प्रकाशित : आइतबार, असार २८ २०८३१७:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend