काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ।
आज सुन तोलाको २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन सुनको मूल्य २ लाख ८७ हजार ४ सय रुपैयाँ रहेको थियो।
त्यसैगरिआज चाँदीको मूल्य घटेको छ। आज चाँदीको मूल्य ३५ रुपैयाँले घटेर तोलाको ४ हजार ४ सय ७५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भएको थियो ।