आइतबार, जेठ ६ गते २०८१    
images
images

पद मार्ग खुलाएर सहज बनाउन पर्यटन व्यवसायीको माग

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ३ २०७८
images
images
पद मार्ग खुलाएर सहज बनाउन पर्यटन व्यवसायीको माग

पदयात्रा खुला गर्न पर्यटन व्यवसायीले सरकारसँग माग गरेका छन्। पर्यटनको ठूलो हिस्सा समेट्ने ट्रेकिङ पर्यटनलाई चलायमान बनाउन र नेपालका विश्वचर्चित पदमार्गमा विदेशी पर्यटक स्वागत गर्न पदमार्ग खुलाउनुपर्ने व्यवसायीले माग गरेका छन्। 

images
images

काठमाडौं- पदयात्राका लागि पद मार्ग खुला गर्न पर्यटन व्यवसायीले सरकारसँग माग गरेका छन्। पर्यटनको ठूलो हिस्सा समेट्ने ट्रेकिङ पर्यटनलाई चलायमान बनाउन र नेपालका विश्वचर्चित पदमार्गमा विदेशी पर्यटक स्वागत गर्न पदमार्ग खुलाउनुपर्ने व्यवसायीले माग गरेका छन्। 

images
images
images

खुम्बु, मनास्लु, अन्नपूर्ण, मनाङ, मुस्ताङका ट्रेकिङ रुटमा विदेशीसँगै आन्तरिक पर्यटकको पनि चासो बढीरहेको छ। नेपालमा कोरोना संक्रमणको जोखिम कम हुँदै गएको छ। यसले तत्काल ठूलो समूह बनाएर घुम्ने, घुमाउने अवसर नदिए पनि पदयात्राको पर्यटनलाई खुला गर्नुपर्छ भन्ने आवाज उठ्न थालेको छ। 

images

नेपाल बाहिर धेरै देशले आफ्ना नागरिकहरुलाई खोपको पूरा मात्रा लगाइसकेको छ। यस्तोमा पदयात्रामा जान चाहने विदेशी पर्यटकले ७२ घण्टाको पीसीआर परीक्षण नेगेटिभ रिपोर्ट पनि लिएर आउने भएकोले क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गरेर पदमार्गमा जाने पर्यटकलाई खुकुलो बनाउन व्यवसायीले सरकारसँग आग्रह गरेका छन्।

images
images

ट्रेकिङ एजेन्सीको छाता संस्था टानका अध्यक्ष खुमबहादुर सुवेदीले अन अराइभल भिसा खुला गर्ने र क्वारेन्टाइन बस्ने नियमलाई हटाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकिने बताएका छन्। एक जना पर्यटक पदयात्रामा जाँदा कम्तिमा २० जनाले रोजगारी पाउने र अर्थोपार्जन हुने अनुमान गरिन्छ। शाहसिक पर्यटन, हिमाल आरोहण, पदयात्रालाई मात्र पनि खोल्नसके पर्यटन सिजनसँगै चलायमान बनाउन सकिने उनले बताए।

images
images

डेढ दशकदेखि सकारात्मक लयमा रहेको नेपालको पर्यटन व्यवसाय कोरोनाको कारण नराम्रोसँग थलिएको छ। तर संक्रमणको जोखिम कम भएका मुलुकबाट नेपाल बारे चासो बढ्न थालेको ट्राभल व्यवसायीे बताएका छन्। नेपालमा कोरोना संक्रमणको दर घटेको समाचार आउन थालेपछि इन्क्वाइरी बढेको पनि व्यवसायीले बताएका छन्। सरकारले भिसा र क्वारेन्टाइनको विषयमा समयमा नै निर्णय नलिए व्यवसायी उठ्नै नसक्ने गरी थलिने व्यवासयीहरुले बताएका छन्।

कोरोना संक्रमणको जोखिम बढ्नुअघि नेपालले भ्रमण वर्ष मनाउने तयारी गरिरहेको थियो। २०२० मा २० लाख पर्यटक ल्याउने तयारी हुँदै गर्दा कोरोनाले सबै कार्यक्रम बिथोलिदियो। अहिले संक्रमणको दर क्रमशः घटिरहेको र खोप लगाउनेको संख्या बढीरहेकोले विभिन्न क्षेत्रका पर्यटन व्यवसायीले सहज वातावरण बनाउन सरकारसँग अनुरोध गरेका छन्।  


प्रकाशित : आइतबार, असोज ३ २०७८०७:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend