शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयरको लक-इन अवधि साउन २८ गते सकिँदै

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २६ २०८३
अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयरको लक-इन अवधि साउन २८ गते सकिँदै

कम्पनीका अनुसार लक-इन अवधि समाप्त हुन लागेको कुल सेयरमध्ये संस्थापक सेयरधनीहरुको २६ लाख कित्ता, स्थानीय बासिन्दाहरुको २ लाख ६ हजार ७ सय ६० कित्ता र कर्मचारीहरुको ३९ हजार ७ सय ६५ कित्ता सेयर रहेको छ।

काठमाडौं- अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र कर्मचारीहरुको स्वामित्वमा रहेको सेयरको लक-इन अवधि  साउन २८ गते सकिँदै छ। 

कम्पनीका अनुसार लक-इन अवधि समाप्त हुन लागेको कुल सेयरमध्ये संस्थापक सेयरधनीहरुको २६ लाख कित्ता, स्थानीय बासिन्दाहरुको २ लाख ६ हजार ७ सय ६० कित्ता र कर्मचारीहरुको ३९ हजार ७ सय ६५ कित्ता सेयर रहेको छ। 

लक-इन अवधि साउन २८ गते  पछि सकिँदै छ।  यस अवधिपछि सर्वसाधारण सरह सेयर कारोबार गर्न योग्य हुने भए तापनि कम्पनीका संचालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने नियमानुसार सेयर रोक्का नै रहने कम्पनीले स्पष्ट पारेको छ। यस हाइड्रोपावर कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।  

प्रकाशित : शुक्रबार, असार २६ २०८३११:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend