काठमाडौं- स्थानीय बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। हिजो बिहीबारको तुलनामा आज सुन तोलामा २ हजार ७ सय र चाँदी १ सय ७० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ४ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ५ सय १० रुपैयाँ कायम भएको छ।
हिजो बिहिबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ७ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ३ सय ४० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार १ सय २० र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।