काठमाडौं- विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टामा भ्रष्टाचार नभएको फैसला गर्दै सबैलाई सफाइ दिएको छ।
विशेष अदालतका न्यायाधीश विदुर कोइराला र नारायणप्रसाद पौडेलको इजलासले वदनियतले काम गरेको पुष्टि हुन नसकेको भन्दै सफाइ दिएको छ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत संगिता पहाडी लगायतमाथि दायर मुद्दामा विशेष अदालतले सबै आरोपितहरूलाई सफाइ दिएको हो।
प्रतिवादीहरुउपरको आरोपदावी प्रमाणबाट पुष्टि हुन सकेको नदेखिँदा सफाइ पाउने ठहर अदालतले गरेको छ।
जसमा सुनिल पौडेल, संगीता पहाडी, प्रतिभा वैद्य, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, विनिता श्रेष्ठ, अमुल प्रधान, राजीव कुमार केसी, हेमप्रभा कर्ण, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, सन्तोष कुमार श्रेष्ठ, परमात्मा भट्टराई, अर्निको इन्टरनेशनलका निर्देशक शैलेश श्रेष्ठ र एसिया इन्फोका तत्कालीन सिनियर डाइरेक्टर लङ योङ, एसिया इन्फोकै प्रोजेक्ट म्यानेजर हुवाङ वाईसमेतले आरोपबाट सफाइ पाउने ठहर अदालतले गरेको छ।