विराटनगर- मोरङ उद्योग व्यापार संघले विद्युत् आपूर्ति नियमित गर्न नेपाल विद्युत् प्राधिकरण मोरङ शाखालाई गम्भीर ध्यानाकर्षण गराएको छ।
वर्षायाममा विद्युत् आपूर्ति अनियमित भएपछि संघले पटक-पटकको ट्रिपिङ, न्यून भोल्टेज र अघोषित लोडसेडिङका कारण यस क्षेत्रका उद्योग व्यवसायमा नकारात्मक प्रभाव परेको उल्लेख गरेको छ।
संघका अध्यक्ष राठीले विद्युत नियमित नहुँदा प्लास्टिक, स्टील, सिमेन्ट, खाद्य र रासायनिक पदार्थ उत्पादनमा कच्चापदार्थ जम्नगइ डढ्ने र उत्पादन पूर्णरूपमा खेर जाने बताए।
उनले विद्युत आपूर्तिमा देखिएका समस्याले उद्योगीमा चरम निराशा पैदा गरेको जानकारी दिएका छन्। रासस