काठमाडौं- भुजुङ हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको साधारण सेयरको लक-इन अवधि समाप्त हुन लागेको छ।
कम्पनीले सामूहिक लगानी कोषहरुको स्वामित्वमा रहेको ५० हजार कित्ता साधारण सेयरको लक-इन अवधि आगामी साउन २६ गते समाप्त हुने जनाएको हो।
धितोपत्र बोर्डको निर्देशनबमोजिम सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले ६ महिना पुगेपछि उक्त लक-इन अवधि समाप्त हुन लागेको हो।
लक-इन अवधि सकिएपछि उक्त ५० हजार कित्ता सेयर दोस्रो बजारमा सर्वसाधारणका लागि खरिदबिक्री गर्न योग्य हुनेछ।