बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

दिगो विकास लक्ष्य प्राप्तिमा ग्लोबल आईएमई बैंकको उल्लेखनीय काम

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार २४ २०८३
दिगो विकास लक्ष्य प्राप्तिमा ग्लोबल आईएमई बैंकको उल्लेखनीय काम

काठमाडौं- दिगो विकास लक्ष्य प्राप्तिमा ग्लोबल आईएमई बैंकले उल्लेखनीय योगदान गर्दै आइरहेको छ। बैंकले पछिल्ला हरेक वर्ष संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मार्फत शिक्षा, स्वास्थ्य, वातावरण, वित्तीय साक्षरता, साँस्कृतिक प्रवर्द्धनलगायतका माध्यमबाट दिगो विकास लक्ष्य प्राप्तिमा योगदान दिँदै आएको छ।

विश्वभरका मानिसहरूको जीवनस्तर सुधार गर्न, गरिबी निवारण गर्न, वातावरण संरक्षण गर्न र शान्तिपूर्ण तथा समृद्ध समाज निर्माण गर्न संयुक्त राष्ट्रसंघले २०१५ मा विभिन्न १७ वटा विश्वव्यापी लक्ष्यहरू तय गरेको थियो, जसलाई दिगो विकास लक्ष्य भनिन्छ। २०१५ मा घोषणा गरिएको यो लक्ष्य सन् २०१६ देखि सन् २०३० सम्म पूरा गर्नुपर्नेछ। जसलाई नेपालले पनि अंगीकार गरेको छ।

यसअन्तर्गत गरिबीको अन्त्य, भोकमरीको अन्त्य, स्वस्थ जीवन र कल्याण, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, स्वच्छ पानी र सरसफाइ, सस्तो र स्वच्छ ऊर्जा, सम्मान जनक रोजगारी र आर्थिक वृद्धि, उद्योग, नवप्रवर्तन र पूर्वाधार, असमानता घटाउने, दिगो शहर र बस्ती, जिम्मेवार उपभोग र उत्पादन, जलवायु परिवर्तनका असरविरुद्ध कदम, जलमुनिको जीवन, स्थलको जीवन, शान्ति, न्याय र सुदृढ संस्था र लक्ष्य प्राप्तिका लागि साझेदारी जस्ता विषय छन्। यसमा राष्ट्रिय योजना आयोगको नेतृत्वमा काम भइरहेको छ। तर यसको समय सीमा साढे तीन वर्ष बाँकी रहँदा लक्ष्य प्राप्तिमा नेपालले विभिन्न कार्यहरु गर्दै आइरहेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत बैशाख १४ गते जारी गरेको श्वेतपत्र अनुसार दिगो विकास लक्ष्य (एसडीजी) ले निर्धारित गरेको लक्ष्य हासिल गर्ने मामिलामा नेपालको प्रगति कमजोर देखिएको छ। नेपालले यस सम्बन्धी सुचकको पछिल्लो विश्लेषण गरेको छैन। २०२२ सम्म निर्धारित लक्ष्यको ४१.७ प्रतिशत मात्रै प्रगति भएको थियो।

२०३० सम्म दिगो विकास लक्ष्य प्राप्ति गर्नुपर्ने समय सीमा छ। तर, यही गतिमा काम भएमा २०३० सम्म ६०.५ प्रतिशत मात्र प्रगति हुने प्रक्षेपण गरिएको छ। विशेषगरी आर्थिक वृद्धि र रोजगारीसँग जोडिएका सूचकहरूमा निकै कमजोर उपलब्धि भएको मन्त्रालयको भनाइ छ।

दिगो विकास लक्ष्य हासिल गर्न वार्षिक सात खर्ब ५५ अर्ब रूपियाँ अतिरिक्त लगानी आवश्यक पर्ने पनि देखिएको छ। नेपालको पछिल्लो परिस्थिति हेर्दा वार्षिक सो अनुपातमा लगानी गर्न चुनौती नै हुने देखिन्छ।

तर, यही चुनौतीबीच निजी तथा सार्वजनिक क्षेत्रले दिगो विकास लक्ष्य प्राप्तीमा भने प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा योगदान गर्दै आएका छन्। २०२२ सम्म प्राप्ति भएको ४१.७ प्रतिशत प्राप्तिमा पनि गैरसरकारी क्षेत्रको योगदान पनि छ।

नेपाल राष्ट्र बैंकले पनि ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन, २०८१’ मार्फत सिएसआरको रकम दिगो विकास लक्ष्यमा पनि खर्च गर्न सकिने भनेको छ।

बैंकले खुद नाफाको एक प्रतिशत रकम सीएसआरमा खर्च गर्नुपर्छ। त्यसमा दिगो विकास लक्ष्यसँग सम्बन्धीत शीर्षकमा पनि खर्च गर्न सकिने गरि राष्ट्र बैंकले नीतिगत व्यवस्था गरिदिएको छ।

‘विकास लक्ष्य २०१६-२०३० अन्तर्गत पहिचान गरिएका क्षेत्रमा गरिब तथा पिछडिएको समुदायको उत्थानका लागि तोकिएका लक्ष्यहरू प्राप्त गर्न सहयोग गर्ने खर्च,’ सीएसआर रकम खर्च गर्न शीर्षकमा भनिएको छ।

यीअन्तर्गत रहेर दिगो विकास लक्ष्य प्राप्तीमा पनि योगदान गर्दै आइरहेको बैंकले सार्वजनिक गरेको विवरणबाट स्प्रष्ट देख्न सकिन्छ। दिगो विकास लक्ष्य प्राप्तिमा पनि सहयोग पुग्ने गरि सीएसआरको रकम खर्च गर्दै आएका देखिन्छ। विभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्यसँगै लैंगिक विभेद अन्त्य र सामाजिक समानतामा पनि काम गरिरहेको देखिन्छ।

तेस्रो त्रैमाससम्मको विवरण हेर्ने हो भने बैंकले विभिन्न गतिविधिहरु गरिरहेको सार्वजनिक गरेको छ।

वित्तीय साक्षरता कार्यक्रम

बैंकले वित्तीय साक्षरताको विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। बैंकले आफ्नो शाखा कार्यालयहरुमार्फत् १५० भन्दा बढी स्थानहरुमा वित्तीय साक्षरताको कार्यक्रमहरु सञ्चालन गरिसकेको छ भने बैंकले अन्य स्थानहरुमा पनि निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको छ। बैंकले वित्तीय साक्षरताको कार्यक्रमलाई आफ्नो वार्षिक क्यालेण्डर बनाइ प्राथमिकतासाथ सञ्चालन गरिरहेको छ। हालसम्म बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट १५ हजारभन्दा बढी मानिसहरु लाभान्वित भइसकेको देखिन्छ।

यस्ता कार्यक्रमहरुले आम मानिसहरुमा वित्तीय सेवाहरुको ज्ञानको विकास हुनुको साथै वित्तीय सचेतना वृद्धि हुने छ। यस्ता कार्यक्रमले आम नागरिकलाई वित्तीय सुरक्षासहित अन्य व्यवहारिक ज्ञान प्रदान गर्नेछ।

सातै प्रदेशका विभिन्न पालिका स्तरमा पुग्ने गरि वित्तीय साक्षरताका कार्यक्रम गरिएको बैंकको भनाइ छ। यसले आम सर्वसाधारणलाई वित्तीय जन चेतना जगाउन सहयोग पुगेको छ। त्यसले आम सर्वसाधारणलाई आर्थिक गतिविधिमा अघि बढ्नसमेत हौसला पुगेको छ। फलस्वरुप मुलुकको आर्थिक विकासमा पनि यसले सहयोग पुगेको बैंकको भनाइ छ।

बैंकले प्राथमिकतामा राखेको क्षेत्रहरु हेर्दा दिगो विकासको लक्ष्यमा धेरै कार्यहरु भइरहेको देखिन्छ। त्यसक्रममा यसले दिगो विकास लक्ष्य प्राप्तीमा पनि सहयोग पुगको छ।

साथै बैंकको सहयोगले न्यून आय भएका घर परिवारका विद्यार्थीको शिक्षाको अधिकार सुनुश्चित गरेको छ। आर्थिक अभावको कारण उपचार नहुने अवस्था हटाउन पनि सहयोग पुगेको छ। वातावरण संक्षणमा पनि सहयोग गरेको छ। यसैगरी समाजमा भएका असमनता हटाउन पनि सहयोग गर्दै आएको छ। यस्ता गतिविधिले दिगो विकास लक्ष्य प्राप्तीमा सहयोग पुगेको देखिन्छ।

दिगो विकास लक्ष्य

यस आर्थिक वर्षभरीमा बैंकले दिगो विकास लक्ष्यसँग सम्बन्धीत ६ कार्यक्रम गरेको जनाएको छ। बैंकले साँस्कृतिक प्रवर्द्धनको लागि विभिन्न साँस्कृतिक कार्यक्रमहरुलाई प्राथमिकता साथ काम गर्दै आएको छ।

बैंकले विभिन्न साँस्कृतिक जात्राहरु जस्तै रातो मच्छिन्द्रनाथको जात्रा, इन्द जात्रा लगायताका विभिन्न स्थानीय जात्रा तथा पर्वहरु सञ्चालन गर्न आर्थिक सहयोग गर्दै आएको छ। यस्तै यस्ता जात्रा तथा पर्वहरुमा आउने व्यक्तिहरुलाई सहज वातावरण बनाउन खानेपानी विवरण तथा व्यवस्थापनमा काम गरिरहेको छ।

यसैगरी असमनता हटाउने प्रयोजनको लागि बैंकले विभिन्न संस्थाहरुसँगको सहकार्यमा विभिन्न कार्यहरु गरिरहेको छ। जस्तै आकार फाउन्डेशनसँगको सहकार्यमा समान अवसरबाट बन्चित मानिसहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले प्रोत्साहन स्वरुप कार्यहरु सञ्चालन गरेको छ।

यसैगरी बैंकले गुणस्तरीय शिक्षाका लागि नेपाल कम्युनभर्सिटीको सहकार्यमा पनि फेलोसिप कार्यक्रम गरेको छ। यो काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र धनुषाको जनकपुर उपमहानगर पालिकामा गरिएको कार्यक्रम हो।

यीबाहेक शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा खर्च भएको सीएसआर रकमले पनि दिगो विकास लक्ष्य प्राप्तीमा सहयोग पुगेको बैंकको भनाइ छ।

शिक्षा

पछिल्लो एक वर्षमा बैंकले शिक्षा क्षेत्रमा विभिन्न ३९ वटा कार्यक्रम गरेको छ। विभिन्न विद्यालयमा आर्थिक सहयोग सहित सिसी क्यामेरा, ल्यापटप, कम्प्यूटर सहयोग गरिएको जनाएको छ। विभिन्न शैक्षिक सामग्री समेत विद्यालयलाई प्रदान गरिएको छ। साथै, विद्यार्थीलाई छात्रावृत्ति समेत प्रदान गरिएको छ। दिगो विकास लक्ष्यमा ‘गुणस्तरीय शिक्षा’ पनि एक हो।

यस्ता कार्यक्रमले शिक्षाको गुणस्तर बढाउन सहयोग पुगेको बैंकको भनाइ छ। छात्रालाई छात्रवृत्ति कार्यक्रम ग्लोबल आइएमई बैंकको एक लोकप्रिय कार्यक्रम हो, यो कार्यक्रम बैंकले विगत ६ वर्ष देखि निरन्तर सञ्चालन गरिरहेको छ। हालसम्म बैंकले १९१ जना छात्राहरुलाई कक्षा ६ देखि १२ सम्म अध्ययनको लागि छात्रवृत्ती प्रदान गरिरहेको छ। यस्तो कार्यक्रमले विद्यार्थीको शिक्षाको अधिकार सुनुश्चित गरेको पनि देखिन्छ।

बैंकले प्रदान गरेको छात्रवृत्तिले गरिब, विपन्न तथा न्यून आयभएका विद्यार्थीहरुलाई शैक्षिक यात्रा निरन्तर्ता दिन सहयोग गरिेको छ। परिवारको आर्थिक अवस्थाले गर्दा शिक्षाबाट बन्चित हुनपर्ने बाध्यतालाई यस्ता कार्यक्रमले शैक्षिक गतिविधिलाई निरन्तर्ता दिन सहयोग गरेको देखिन्छ। देशका विभिन्न स्थानमा अझैपनि छोरीलाई शिक्षामा पछाडि पारेको देखिन्छ। बैंकको यस्ता कार्यक्रमले छोरीलाई शैक्षिक गतिविधिमा निरन्तर्ता दिन वा शैक्षिक यात्रा सुरुवात गर्न सहयोग गर्दछ।

स्वास्थ्य

समीक्षा अवधिमा ग्लोबल आईएमई बैंकले १९ वटा स्वास्थ्य शिविर तथा यस सम्बन्धीत कार्यक्रम पनि गरेको छ। विभिन्न ठाउँमा रक्तदानदेखि वित्तीय सहयोगसम्म ग्लोबल आईएमई बैंकले सहयोग गरेको देखिन्छ।

बैंकले नेपाल परिवार नियोजन तथा स्थानीय तहसंगको सहकार्यमा देशका १४ वटा स्थानहरुमा महिलाको पाठेघरको क्यान्सर परिक्षण र उपचार तथा सामान्य स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरेको छ। बैंकले सञ्चालन गरेको उक्त कार्यक्रममार्फत् करिब १२ हजार व्यक्तीहरु लाभान्वित भएको छन्।

आँखा परिक्षण, मोतियाबिन्दू परिक्षण तथा उपचारको लागि बैंकले तिलगंगा आखा अस्पतालसंगको सहकार्यमा देशका विभिन्न स्थानमा गइ ५०० भन्दा बढी आम नागरिकको उपचार गरेको छ। साथै, सानै उमेरदेखि बालबालिकामा देखिने आँखा सम्बन्धी रोगहरुको परिक्षण गर्न बैंकले ग्लोबल आइएमई आँखा स्कुल कार्यक्रम समेत सञ्चालन गरेको छ। जसमा बैंकले विभिन्न विद्यालयमा गई विद्यार्थीहरुको आँखा परिक्षण गर्ने र परिक्षणपश्चात् आवश्यकता अनुसार १००० जना विद्यार्थीलाई चस्मा वितरण गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ।

सातै प्रदेश समावेश हुनेगरि यस्ता कार्यक्रम गरिएको बैंकको भनाइ छ। कतिपय कार्यक्रम सबै स्थानीय तहमा समेत भएका छन्।

बैंकले विभिन्न घातक तथा गम्भिर रोग भएका बालबालिकालाई उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकको उक्त सहयोग कान्ति बाल अस्पतालमा उपचारार्थ आउनुभएका गरिब तथा विपन्न नागरिक उपलब्ध भइरहेको छ। यसले सातै प्रदेशका विरामी लाभान्वित गरेको छन्। यसले आम सर्वसाधारणलाई स्वास्थ्य उपचार रहन सहयोग गरेको छ।

स्वस्थ जीवन पनि दिगो विकास लक्ष्यको एक अंक हो। स्वास्थ्य क्षेत्रमा गरिएका खर्चले यसमा योगदान दिएको बैंकको भनाइ छ।

वातावरण संरक्षण

ग्लोबल आइएमई बैंकले आफ्नो व्यवसायलाई वातारणमैत्री बनाएको छ। अन्य बैंकहरु सामान्य घर कर्जा देखिन्छ तर ग्लोबल आइएमई बैंकले ग्रिन घर कर्जा प्रदान गर्दै आफ्नो व्यवसायपनि विस्तार गर्दै आएको छ। बैंकले व्यवसाय विस्तारसँगै वातावरण संरक्षणमा समेत योगदान गर्दै आएको छ। साथै आफ्नो संस्थागत सामाजीक उत्तरदायित्वअन्तर्गत वातावरण संरक्षणका लागि पनि सातै प्रदेशमा विभिन्न कार्यक्रम गर्दै आएको छ।

पछिल्लो समय बढ्दो जलवायु परिवर्तनका कारण वातावरण संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। त्यस अवस्थामा बैंकले वातावरण संरक्षणमा पनि कार्यक्रम गदै आएको छ। बैंकले आघिल्लो आर्थिक वर्ष २० हजारभन्दा बढी वृक्षारोपण कार्यक्रम गरेको थियो साथै, यस वर्ष बैंकले ग्लोबल ग्रिन स्कुल कार्यक्रम सञ्चालन गरेको छ। विद्यालयलाई वातावरणमैत्री बनाउन देशको सातै प्रदेशमा कार्यक्रम सञ्चालन गरिरहेको छ।

बैंकले विभिन्न २१ वटा विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई वातारण सम्बन्धी सिकाई कक्षा सञ्चालन सहित विद्यालयहाता भित्र प्रयोगमा आएका प्लास्टिकहरुको प्रयोग न्यूनकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिरहेको छ।

यस्ता छनौट भएको विद्यालयहरुमा वातावरणमैत्री गतिविधिलाई निरन्तर्ताको लागि बैंकले विद्यालयमा ग्लोबल इको क्लबसमेत स्थापना गरेको छ। उक्त क्लबले विद्यालयस्तरमा वातावरणमैत्री कार्यहरु सञ्चालनको लागि नेतृत्व गर्ने छ र त्यस्ता कार्यक्रमहरुलाई बैंकले निरन्तर सहयोग प्रदान गर्ने छ।

यस वर्ष बैंकले धरान उपमहानगरपालिका, जनकपुर उपमहानगरपालिका, हेटौँडा उपमहानगरपालिका, गैंडाकोट नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, विरेन्द्रनगर नगरपालिका र लम्की चुहा नगरपालिकामा पहिलो चरणको हरित विद्यालय कार्यक्रम तथा सरसफाइ अभियानको लागि छनौट गरेको छ र उक्त कार्यक्रम बैंकले क्लिन अप नेपालसँगको सहकार्यमा सञ्चालन गरेको छ। 


प्रकाशित : बुधबार, असार २४ २०८३१७:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend