काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य १ सय ४५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ८सय र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३ सय २५ रुपैयाँ कायम भएको छ।
गत शुक्रबार एक तोला सुन दुई लाख ७९ हजार १ सय र चाँदी चार हजार १ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार आठ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।