शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भियतनामी कम्पनी भिनफास्टले २ अर्ब डलर लगानीमा अमेरिकामा विद्युतीय कार बनाउने

शुक्रबार, चैत १८ २०७८
भियतनामी कम्पनी भिनफास्टले २ अर्ब डलर लगानीमा अमेरिकामा विद्युतीय कार बनाउने

प्रारम्भिक चरणमा सो प्लान्टबाट वार्षिक १ लाख ५० हजार कार उत्पादन गर्ने कम्पनीको भनाइ छ। 

काठमाडौं- भियतनाको सवारी उत्पादक कम्पनी भिनफास्टले अमेरिकामा विद्युतीय कार उत्पादन गर्ने भएको छ। कम्पनीले अमेरिकामा विद्युतीय कार उत्पादन प्लान्ट स्थापना गर्न २ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रारम्भिक सम्झौता गरेको हो। 

भिनफास्टले अमेरिकामा स्थाना गर्ने प्लान्टबाट विद्युतीय बस तथा एसयूभी उत्पादन गर्ने जनाएको छ। भियतनामको सबैभन्दा ठूलो व्यावसायिक समूह भिनग्रुप अन्तर्गतको कम्पनी भिनफास्टले अमेरिकामा पहिलो अमेरिकी फ्याक्ट्री कम्प्लेक्स स्थापना गर्ने र त्यसमा कुल ४ अर्ब डलर लगानी गर्ने जनाएको छ। 

भिनफास्टले अमेरिकामा यही वर्षबाट कार उत्पादन प्लान्ट बनाउन सुरु गर्ने र २०२४ को अन्त्यसम्ममा प्लान्ट तयारपारी कार उत्पादन थाल्ने योजना कम्पनीको छ। प्रारम्भिक चरणमा सो प्लान्टबाट वार्षिक १ लाख ५० हजार कार उत्पादन गर्ने कम्पनीको भनाइ छ। 

भिनफास्टले अमेरिकामा गर्ने लगानीबाट ७ हजार रोजगारी सृजना हुनेछ। कम्पनीले बनाउने भीएफ८ स्पोर्टस एसयूभीको सुरुवाती मूल्य ४१ हजार डलर हुनेछ। हाल अमेरिकामा टेस्लाले बिक्री गर्ने एसयूभीको मूल्य ६३ हजार डलरबाट सुरु हुन्छ। 

२०२२ मा भिनफास्टले विश्वभर ४२ हजार विद्युतीय कार बिक्री गर्ने लक्ष्य राखेको छ। 

भिनफास्ट २०१९ मा स्थापना भएको भियतनामी विद्युतीय सवारी उत्पादक कम्पनी हो। भिनफास्टले दक्षिण अमेरिकापछि जर्मनीमा समेत कार उत्पादन प्लान्ट स्थापना गर्ने बताएको थियो। 


प्रकाशित : शुक्रबार, चैत १८ २०७८०७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend