शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नयाँ वर्षमा यामाहाको २० लाखसम्म जित्ने अफर

बिहीबार , चैत १७ २०७८
नयाँ वर्षमा यामाहाको २० लाखसम्म जित्ने अफर

काठमाडाैं- कुनै पनि चाडपर्व होस् वा विशेष अवसर होस्, यामाहा नेपालले आफ्ना ग्राहक र समर्थकका निम्ति आकर्षक उपाहार र सुविधायुक्त योजना र अफरहरू सार्वजनिक गर्ने गरेको छ। त्यसैगरी, यस पल्ट पनि आफ्ना ग्राहक र समर्थकका अपेक्षालाई मध्य नजरमा राख्दै आउँदो वर्ष २०७९ लाई लक्षित गरी नेपालका लागि यामाहा मोटर कम्पनीको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले '२०७९ x १००० गुणाले खुसी बढाउँनुहोस्' अफर सार्वजनिक गरेको छ।
 
यस योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनैपनि सवारी साधन खरिद गर्दा स्योरसट  ८ हजार ३१६ देखि २ लाख ७ हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन्। त्यस्तै बम्पर पुरस्कारमा एकजना ग्राहकले २० लाख ७९ हजार रुपैयाँ जित्न सक्नेछन्।
 
यामाहाका माेटरसाइकल/स्कुटर लिन इच्छुक ग्राहकहरू यामाहाको अधिकारिक साेरूमबाट खरिदपश्चात यस अफरमा भाग लिन पाउनेछन्। कम्पनीका अनुसार ग्राहकहरू यामाहाको आधिकारिक वेबसाइटमा यामाहाले दैनिक रूपमा खेलाउने डिजिटल ज्याकपटमा सहभागी भई उल्लेखित नगद उपहार जित्न सक्नेछन्।
 
'ग्राहकहरूको सन्तुष्टि र  खुसी नै यामाहा नेपालका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो। आफ्ना ग्राहकलाई खुसी बनाउँन यामाहा नेपालले कुनै पनि कसर बाँकी नराख्ने र उपहारका नाममा यति ठूलो नगद राशी बितरण गरिएको सम्भवतः यो नेपालकै पहिलो र अहिलेसम्मकै ठूलो उपहार हो,' यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले बताए। 

यस अफर चैत ६ गतेबाट सुरु भएको र जेठ पहिलो हप्तासम्म चल्ने कम्पनीले जनाएको छ।


प्रकाशित : बिहीबार , चैत १७ २०७८१२:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend