काठमाडौं- नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ।
आज सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्य आइतबार २ लाख ८७ हजार ३ सय रुपैयाँ थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ३० रुपैयाँ रहेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो।