काठमाडौं- नेपालले डिजिटल करेन्सी नीतिमा केही सुधार गर्दै अघि बढाउने भएको छ। अमेरिकी रुझान फेरिएपछि केही शिथिल बनेको यसको तयारी फेरि अघि बढ्ने भएको छ।
सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी)का लागि तयारीलाई तीव्र बनाएकै समयमा अमेरिकामा राष्ट्रपति फेरिएसँगै संसाभर यस्तो परियोजनाको काम प्रभावित भएको थियो। नेपालमा पनि ठीक यसैगरी केही शिथिल बनेको थियो।
अमेरिकाले पछिल्लो समय सीबीडीसीलाई रोकेर स्टेबल क्वाइनतिर गएपछि अलमलमा परेको बाँकी विश्वजस्तै नेपाल पनि विस्तारै अघि बढ्न खोजेको छ।
अमेरिकादेखि अन्तर्राष्ट्रिय मुद्रा कोषले पछिल्लो समय स्टेबल क्वाइनमा जोड दिन थालेका छन्। तर चीनलगायतका अन्य नेपालमा मुख्य साझेदारहरू भने सीबीडीसीमै रहेका छन्। यस्तोमा नेपालले अब दुबै प्रविधिलाई समानान्तर रुपमा अघि बढाउने तयारी गरेको छ।
सीबीडीसीको तयारी केही समय पहिलेदेखि भएपनि बीचमाधिमा भएको छ। तर अहिले रिटेल तहसम्मै विस्तारका लागि प्राविधिक तहको अध्ययन गर्न भन्दै फरक फरक समिति बनाएको छ। त्यस्तै स्टेबल क्वाइनलाई पनि अघि बढाउनका लागि अध्ययन थालिएको छ।
सीबीडीसीलाईलाई केन्द्रमा राखेर अन्य डिजिटल मुद्रा तथा करेन्सीलाई पनि सँगै लिने नीति लिने राष्ट्र बैंकको तयारी रहेको छ। वर्तमान सरकार पनि क्रिप्टोकरेन्सीप्रति उदार भएका कारणले डिजिटल मुद्राको क्षेत्रमा ब्रेकथ्रु हुने अपेक्षा गरिएको छ।
राष्ट्र बैंकले सीबीडीसीमा एक चरणको अध्ययन गरिसकेको पनि छ। त्यसकै आधारमा फेरि तयारीलाई सघन बनाइरहेको छ। ‘सँगै हामीले स्टेबल क्वाइन जस्ता मुद्रा जसको प्रयोग संसारभर भइरहेको छ। त्यसलाई पनि हामीले नजरअन्दाज गर्न मिल्दैन त्यसैले सँगै अघि बढाउनेछौं’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने।
विश्व अर्थतन्त्र अहिले पैसाको अर्को रूपान्तरणको संघारमा उभिएको छ। नगदबाट डिजिटल भुक्तानीतर्फको यात्रा त धेरै हदसम्म भइसकेको छ, तर अब बहस केवल मोबाइल बैंकिङ, क्यूआर कोड वा वालेटको सहजतामा सीमित छैन। यसैमा उदाएका सीबीडीसी र स्टेबल क्वाइन जस्ता उपकरणको उदय र अभ्यास विश्व बजारमा भइरहेको छ। सीबीडीसी केन्द्रीय बैंकको नियन्त्रणमा हुने डिजिटल मुद्रा हो भने स्टेबल क्वाइन जस्ता उपकरण सकारी नियन्त्रण बाहिर पनि हुन्छन्।
मौद्रिक सार्वभौमिकता, वित्तीय स्थायित्व र राज्यको आर्थिक नियन्त्रणका लागि सीबीडीसीलाई अघि बढाउने बाँकी विश्वको जोड रहेपनि अमेरिका लागयतका केही मुलुक स्टेबल केवाइन जस्ता स्वतन्त्र मुद्रालाई अघि बढाउने मुडमा देखिएका छन्। मुद्रासँग पेग गरिएका यस्ता क्वाइनको प्रचलन पनि अघिब ढेको छ। नेपालले पनि यी दुबै अवधारणलाई सँगै अघि बढाउने भएको छ।