आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

जुम्लामा ३ हजार ६ सय ७१ मेट्रिकटन सिमी उत्पादन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार ७ २०८३
जुम्लामा ३ हजार ६ सय ७१ मेट्रिकटन सिमी उत्पादन

तिला गाउँपालिका, तातोपानी, चन्दननाथ, कनकासुन्दरी, पातारासी, हिमा, तातोपानी र गुठीचौर क्षेत्रका किसानले सिमीखेतीबाट राम्रो आम्दानी गरेका छन्।

जुम्ला- जुम्लामा एक वर्षमा ३ हजार ६ सय ७१ मेट्रिकटन सिमी उत्पादन भएको छ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाबाट उक्त परिमाणको सिमी बिक्रीबाट एक करोड ३३ लाख ९२ हजार आम्दानी भएको छ।

जिल्लाभार दुई हजार २५७ हेक्टर क्षेत्रफलमा सिमी उत्पादन हुने गरेको छ। पछिल्लो समयमा सिमीको माग बजारमा अत्यधिक आउने गरेसँगै जुम्लाका किसान सिमीखेतीतर्फ आकर्षण बढ्दै गएको कृषि विकास कार्यालय प्रमुख अधिकारीको भनाइ छ।

सिमी किसानका लागि महत्वपूर्ण नगदेबालीका रूपमा स्थापित हुँदै गएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए।

तिला गाउँपालिका, तातोपानी, चन्दननाथ, कनकासुन्दरी, पातारासी, हिमा, तातोपानी र गुठीचौर क्षेत्रका किसानले सिमीखेतीबाट राम्रो आम्दानी गरेका छन्।

सिमी उत्पादनको अवस्था राम्रो भए पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा एकरुपता नहुँदा किसानलाई समस्या भएको तिला गाउँपालिका-१ किसान करन बुढाले बताए।

जिल्लाको सबैभन्दा बढी सिमी उत्पादनको केन्द्रका रूपमा चिनिने गरेको तिलाको रारागाउँका किसानले गत वर्षमा किसानले न्यूनतम तीन क्विन्टलदेखि १२ क्विन्टलसम्म सिमी उत्पादन गरेको वडा सदस्य बिजकली बुढाले जानकारी दिए।

सिमीको पकेट क्षेत्र भनेर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ जुम्लाले तिला-१ रारालाई सिमी जोन कार्यक्रम लागु गरेको छ।

उक्त पालिको वडा नं १ सहित २, ८ र ९ वडाको आठ सय क्षेत्रफल हेक्टरमा सिमीको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्रको विकास गर्न सिमी जोन कार्यक्रम सञ्चालन गरिएको जिल्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख खेमराज शाहीले बताए।

सिमीले उचित मूल्य नपाएपछि स्थानीय व्यापारीमार्फत प्रतिकेजीको १५० मा बिक्री गर्न बाध्य भएको तिलाका किसान बताउँछन्। किसानलाई उन्नत बीउ, प्राविधिक सहयोग तथा व्यावसायिक खेतीसम्बन्धी तालिम प्रदान गर्दै आएको कृषि विकास कार्यालय जनाएको छ। रासस


प्रकाशित : आइतबार, असार ७ २०८३१५:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend