आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

एनआईसी एसिया बैंकद्वारा दार्चुलाको हुनैनाथ विद्यालय र काठमाडौंको मेरुदण्डिय पक्षघात समूहलाई सहयोग

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार ७ २०८३
एनआईसी एसिया बैंकद्वारा दार्चुलाको हुनैनाथ विद्यालय र काठमाडौंको मेरुदण्डिय पक्षघात समूहलाई सहयोग

काठमाडौं- एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महाकाली नगरपालिका–३, दार्चुलास्थित श्री हुनैनाथ माध्यमिक विद्यालय बाँज र काठमाडौंस्थित मेरुदण्डिय पक्षघात समुह नेपाललाई विशेष सहयोग उपलब्ध गराएको छ।

बैंकले प्रविधिको पहुँच बिस्तार बढाउँदै विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउने उद्देश्यका साथ उक्त विद्यालयलाई ल्यापटप प्रदान गरेको छ भने मेरुदण्डिय पक्षघात सम्बन्धि विशेष सेवा उपलब्ध गराइरहेको उक्त संस्थासँग आवद्ध लाभग्राही तथा आवासीय व्यक्तिहरुको दैनिक जिवनयापनमा थप सहयोग होस् भन्ने हेतुले आरओ वाटर प्युरिफायर उपलब्ध गराएको छ।   

हाल १३५ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा मिति २०८३ आषाढ ३ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका दार्चुला शाखा प्रमुख अरुण सिंह धामीले उक्त विद्यालयका प्रधानाध्यापक वीर सिंह महरलाई एक थान ल्यापटप हस्तान्तरण गरे।

त्यसैगरी, मेरुदण्ड (स्पाइनल कर्ड) चोटपटक भएका व्यक्तिहरुको सहयोग, पुर्नस्थापना तथा दीर्घकालिन हेरचाहमा कार्य गर्दै आइरहेको मेरुदण्डिय पक्षघात समूह नेपाललाई मिति २०८३ आषाढ ५ गते विशेष कार्यक्रमका बीच बैंकका काठमाडौं नर्थका सर्कल हेड सुदिन कुमार लामा र सीएसआर तथा वित्तीय समावेशीकरण विभागका इन्चार्ज ठाकुर श्रेष्ठले उक्त संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी र महासचिव केशव थापालाई संयुक्तरुपमा आरओ वाटर प्युरिफायर जडानगरी हस्तान्तरण गरे। 

बैंकले उपलब्ध गराएको सहयोगले उक्त विद्यालयका विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै प्रविधिको पहुँचमा सहयोग पुग्ने र मेरुदण्डिय पक्षघात समुह नेपाललाई उपलब्ध गराएको सहयोगले स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्ने र स्वास्थ्य तथा सरसफाईमा थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।


प्रकाशित : आइतबार, असार ७ २०८३१४:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend