काठमाडौं- नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ।
गएको शुक्रबार १० हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज आइतबार २ लाख ८७ हजार ३ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँ रहेको छ। गएको शुक्रबार चाँदी प्रतितोला ४ हजार ६ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो।