काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा.गोपाल भट्ट नियुक्त भएका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले रिक्त अध्यक्ष पदमा गोपाल भट्टलाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरेको हो।
सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछि २ महिनादेखि धितोपत्र बोर्ड नेतृत्व बिहिन थियो। भट्ट श्रेष्ठको बाँकी कार्यालयका लागि नियुक्त भएका हुन्।