शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

अर्थमन्त्री भन्छन् - सेयर बजारको उत्तारचढावभन्दा दूरगामी नीतिमा सरकारको ध्यान छ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ५ २०८३
अर्थमन्त्री भन्छन् - सेयर बजारको उत्तारचढावभन्दा दूरगामी नीतिमा सरकारको ध्यान छ

करको दर घटाउँदा राज्यलाई हुने प्रत्यक्ष फाइदाबारे प्रस्ट पार्दै अर्थमन्त्रीले विद्यमान उच्च दरका कारण करको दायराभन्दा बाहिर रहेकाहरूलाई औपचारिक प्रणालीमा ल्याउन सहज हुने विश्वास व्यक्त गरे।

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको प्राथमिकता सेयर बजारको अल्पकालीन उत्तारचढावभन्दा मुलुकको दीर्घकालीन आर्थिक हित र दूरगामी नीति निर्माणमा रहेको बताएका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले स्थिर र परिणाममुखी नीतिमार्फत आर्थिक सुधारको लक्ष्य राखेको स्पष्ट पारे।

नयाँ सरकार गठन भएको दुई महिना पुगेको सन्दर्भ जोड्दै अर्थमन्त्री वाग्लेले वर्तमान सरकारले मुलुकमा उद्यमशील वातावरण निर्माण गर्न र इमानदार करदातालाई प्रोत्साहन गर्न विशेष जोड दिएको बताए।

व्यवसायीहरूलाई सरकारको सहयात्रीका रूपमा चित्रण गर्दै उनले इमानदारपूर्वक राज्यलाई कर तिर्ने र स्वच्छ प्रतिष्पर्धामा विश्वास गर्ने उद्यमीहरूलाई प्रवर्द्धन गर्नु नै बजेटको मुख्य उद्देश्य रहेको उल्लेख गरे।

कर प्रणालीमा रहेका चुनौतीहरूबारे चर्चा गर्दै अर्थमन्त्री वाग्लेले उच्च करको दरले लगानी निरुत्साहित हुने तर्क गरे। ३९.५ प्रतिशतसम्मको उच्च सीमान्त आयकर रहेको मुलुकमा वैदेशिक लगानी भित्र्याउन कठिन हुने उनको भनाइ थियो।

करको दर घटाउँदा राज्यलाई हुने प्रत्यक्ष फाइदाबारे प्रस्ट पार्दै अर्थमन्त्रीले विद्यमान उच्च दरका कारण करको दायराभन्दा बाहिर रहेकाहरूलाई औपचारिक प्रणालीमा ल्याउन सहज हुने विश्वास व्यक्त गरे।

वैदेशिक ऋण लिनु बाध्यता

अर्थमन्त्री वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन्।

अर्थमन्त्री वाग्लेले नेपालले तिर्दै जाने गरी लगानी गरेकाले ऋण लिने कुराले जहाजनै डुब्छ भने जसरी विरोध गर्न आवश्यक नभएको पनि जिकिर पनि गरे। उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरेकाले लिइएको ऋणबाट नआत्तिन पनि सांसदहरुलाई आग्रह गरे।

अर्थमन्त्री वाग्लेले सरकारले भ्रष्टाचार नियन्त्रण गरेर लक्ष्य अनुसार राजस्व संकलन गर्नसक्ने दाबीसमेत गरे।


प्रकाशित : शुक्रबार, असार ५ २०८३१५:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend