शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बीवाईडी गाडीमा आगो लागेको विषयमा छापिएका समाचारमा साइमेक्सको खण्डन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ५ २०८३
बीवाईडी गाडीमा आगो लागेको विषयमा छापिएका समाचारमा साइमेक्सको खण्डन

'नेल पेनिट्रेसन टेस्ट' र ब्लेड ब्याट्री भएको बीवाईडी गाडीमा पनि आगो लागेको विषयमा साइमेक्स इन्कले गरेको खण्डन - 

१. "नेल पेनिट्रेसन टेस्ट र ब्लेड ब्याट्री भएको बीवाईडी गाडीमा पनि लाग्यो आगो" शीर्षकमा मिति वैशाख २५, २०८३ मा प्रकाशित समाचारमा सवारी साधन "गुडिरहेको अवस्थामा आगो लागेको" भनी उल्लेख गरिएको छ, तर जेठ ०५, २०८३ मा सोही सञ्चार माध्यमद्वारा प्रकाशित अर्को समाचार "बीवाईडी एटो टू दुर्घटनाबारे भोलिपल्टै बोलेको साइमेक्स नेल पेनिट्रेसन ब्याट्रीयुक्त एटो श्रीको ब्याट्री खरानी हुँदा किन बोल्दैन?" शिर्षकमा भने सो सवारी साधन "पार्किङ गरिएको अवस्थामा" आगो लागेको भनिएको छ। यसरी एउटै घटनाका सम्बन्धमा सोही सञ्चार माध्यमका दुई फरक समाचारमा भिन्न विवरण प्रकाशन गर्नुले सम्बन्धित सञ्चार माध्यमको समाचार प्रकाशन प्रक्रियाको विश्वसनीयता तथा सत्यनिष्ठामाथि गम्भीर प्रश्न उठाउँछ। वास्तविकतामा उक्त सवारी साधनमा पार्किङ गरिएको अवस्थामा आगो लागेको हो, जुन तथ्य यस कम्पनीले सार्वजनिक विज्ञप्तिमार्फत स्पष्ट गरेको छ।उक्त समाचारमा "गाडीको पछाडि तल्लो भागबाट धुवाँको मुस्लो देखियो र हाइ भोल्टेज ब्याट्री नै बलेर खरानी भयो" भनी उल्लेख गरिएको छ, तथापि उक्त दाबीको कुनै पनि प्राविधिक आधार, स्रोत वा प्रमाण खुलाइएको छैन। उत्पादक कम्पनी BYD का प्राविधिक विशेषज्ञहरूको सहकार्यमा गरिएको आधिकारिक प्राविधिक अनुसन्धान तथा घटना प्रतिवेदन साथै, सो सवारी साधनका चालकको आधिकारिक बयान तथा प्रारम्भिक अनुसन्धान प्रतिवेदन बमोजिम, धुवाँ गाडीको तल्लो भागबाट नभई ड्यासबोर्डबाट सुरु भई External Factors ले गर्दा ब्याट्री प्याककको बाहिरबाट सुरु भएको हो भनी पुष्टि भएको छ। प्रजातान्त्रिक मूल्य, मान्यता र अभ्यासमा प्रेस स्वतन्त्रता अपरिहार्य रहेतापनि प्रेसको दुरुपयोग गर्दै कुनै व्यक्ति र कम्पनीको पेशा व्यवसाय र वित्तीय साखमा प्रतिकूल प्रभाव पार्ने आधारहीन तथ्य सम्प्रेषण गर्ने छुट कसैलाई हुँदैन ।

२. मिति २०८३।०१।२७ मा प्रकाशित "हाइ भोल्टेज ब्याट्री जलेर खरानीः बीवाईडी एटो श्री आगलागीको सिलसिलेवार व्याख्या" शीर्षकको समाचारमा उल्लिखित प्राविधिक दाबीहरू समेत पूर्णतः आधारहीन, कपोलकल्पित तथा भ्रामक छन्। उक्त समाचारमा "विद्युतीय सवारी, त्यसमा पनि नेल पेनिट्रेसन गरिएको, बल्ने जोखिम लगभग नभएको भनेर साइमेक्स इन्कले प्रचार गरेर ब्लेड ब्याट्री भएको एटो श्रीको हाइ भोल्टेज ब्याट्री नै बलेर खरानी हुनु धेरै जोखिम बोकेको विषय हो" भनी उल्लेख गरिएको छ। उक्त दाबी सरासर गलत तथा भ्रामक छन्, उत्पादक कम्पनी BYD का प्राविधिक विशेषज्ञहरूद्वारा गरिएको आधिकारिक प्राविधिक परीक्षण तथा अनुसन्धान प्रतिवेदन बमोजिम, BYD सवारी साधनमा रहेको हाइ भोल्टेज ब्लेड ब्याट्री प्याकमा कुनै पनि क्षति तथा नभएको स्पष्ट रूपमा पुष्टि भएको छ। यसरी प्राविधिक परीक्षण तथा प्रमाणित तथ्यको आधार विना, बारम्बार हाइ भोल्टेज ब्याट्री जलेर खरानी भएको भनी लेख्नु सरासर गलत तथा भ्रामक हो। सञ्चारमाध्यमले सत्य, तथ्य बेहोराको सम्प्रेषण मात्र गर्ने हो, आफैं कारणी बनी भ्रमपूर्ण नयाँ कथा सिर्जना गरी त्यसलाई प्रसारण गर्ने होइन।

३. "विद्युतीय सवारी त्यसमा पनि नेल पेनिट्रेसन गरिएको, बल्ने जोखिम लगभग नभएको भनेर साइमेक्स इंकले प्रचार गरेर ब्लेड ब्याट्री भएको एटो श्रीको हाइ भोल्टेज ब्याट्री नै बलेर खरानी हुनु धेरै जोखिम बोकेको विषय हो।" यो समाग्रीमा पूर्ण रुपले आफूखुशी व्याख्या गरेर नयाँ तथ्य सृजना गरीएको छ। उत्पादक कम्पनीबाट आएका प्राविधिक विशेषज्ञहरूले गरेको प्राविधिक अनुसन्धान तथा प्रतिवेदन अनुसार उक्त सवारीमा रहेको हाई भोल्टेज ब्लेड ब्याट्री प्याकमा कुनै प्रकारको क्षति, वा आगलागी भएको पुष्टि भएको छैन। सार्वजनिक प्रकाशनको आधारभूत सर्वमान्य सिद्धान्त अनुसार कुनै सामग्री प्रकाशन गर्दा सम्बन्धित व्यक्तिहरुलाई सम्पर्क गरी निजहरूले सामग्रीको बेहोरामा आफ्नो भनाई राख्न चाहेमा सो समेत संलग्न गरी, उपलब्ध तथ्य प्रमाणका साथ मात्रै सामग्री प्रकाशन गर्नुपर्ने हुन्छ। तर सो केही पनि नगरी, उक्त गैरकानूनी सामग्रीका सम्बन्धमा निवेदक कम्पनी वा सरोकारवालाहरूलाई एकपटक पनि सम्पर्क नगरी, निवेदकलाई आधिकारिक प्रतिक्रियाको अवसर नदिई, निवेदकको भनाइ नराखी प्रकाशनको न्यूनतम मूल्य, मान्यता र आधारभूत सिद्धान्त केही पनि पालना नगरी नियोजित रूपमा जानी जानी पाठकहरूलाई झुक्याउने र निवेदकहरूको पेशा, उद्योग र व्यवसाय समेतमा प्रत्यक्ष हानी नोक्सानी गर्ने उद्देश्यले अनलाइनको आवरणम प्रकाशित गरिएको पूर्वग्राही विचार र अभिव्यक्ति गलत हो।

४. उक्त सामग्रीमा बारम्बार "हाई भोल्टेज ब्याट्री जलेर खरानी भएको" भन्ने दाबी गरिएको भए तापनि सो दाबी पुष्टि गर्ने कुनै विश्वसनीय आधार, प्राविधिक प्रमाण वा आधिकारिक प्रतिवेदन प्रस्तुत गरिएको छैन। यसरी कुनै तथ्यगत आधारबिना सुनियोजित रूपमा भ्रमपूर्ण, कपोलकल्पित तथा प्रतिष्ठामाथि प्रत्यक्ष आघात पुग्ने सामग्री पटक-पटक तयार गरी प्रकाशन गर्नु निवेदक कम्पनीको पेशा, उद्योग, व्यवसाय तथा सार्वजनिक प्रतिष्ठामा गम्भीर असर पुऱ्याउने कार्य हो, जुन आपत्तिजनक, गैरजिम्मेवार तथा कानूनी रूपमा समेत विचार गर्नुपर्ने विषय हो।

५. "उत्पादक बीवाईडी अटो इन्डस्ट्रीले आगो लागेको ९/१० दिन भइसक्दासमेत बीवाईडीका प्रयोगकर्ता तथा आम उपभोक्तालाई सामान्य जानकारी समेत गराएको छैन। बीवाईडीको हाइ भोल्टेज ब्याट्री बलेर खरानी भएको विषयमा न त आधिकारिक बिक्रेता साइमेक्स इंकले बोलेको छ न त ब्याट्री र कार बनाउने कम्पनी बीवाईडीले नै प्रतिक्रिया दिएको छ।" भनी उल्लेख गरिएको छ। यस सम्बन्धमा स्पष्ट पार्न चाहन्छौं कि कुनै पनि प्राविधिक घटनाको वास्तविक कारण निर्धारण गर्न गहन प्राविधिक अनुसन्धान तथा परीक्षणमा स्वाभाविक रूपमा समय लाग्दछ। यस निवेदक कम्पनीले आफ्ना ग्राहकहरूसमक्ष सदैव प्रमाणित तथा तथ्यमा आधारित दाबी मात्र प्रस्तुत गर्ने नीति अवलम्बन गर्दै आएको छ। तदनुसार, उत्पादक कम्पनी तथा यस निवेदक कम्पनीका प्राविधिक विशेषज्ञहरूले गहन अनुसन्धान तथा परीक्षण सम्पन्न गरेपश्चात मात्र वास्तविक तथ्यमा आधारित सार्वजनिक विज्ञप्ति जारी गरिएको हो।

६. मिति २०८३।०१।२७ मा प्रकाशित "हाइ भोल्टेज ब्याट्री जलेर खरानी : बीवाईडी एटो श्री आगलागीको सिलसिलेवार व्याख्या" भन्ने भ्रामक, र भड्किलो शीर्षक राखी अत्यन्तै अपमानजनक, अप्रमाणित, कपोलकल्पित, झुठ्ठा र भ्रमपूर्ण बेहोरा लेख्नुभएको छ।उक्त समाचारमा प्रस्तुत तथ्यहरू वास्तविक घटनाक्रमसँग पूर्णतः भिन्न तथा भ्रामक छन्। कुनै पनि जवाफदेहिता विना, यस निवेदक कम्पनीलाई आधिकारिक प्रतिक्रियाको अवसर नदिई, हचुवाका भरमा अप्रमाणित तथा कपोलकल्पित समाचार प्रकाशन गर्नु यस कम्पनीको हक अधिकारमाथि सुनियोजित आघात पुऱ्याउने दुराशयपूर्ण कार्य हो। उक्त समाचारमा प्रारम्भिक धुवाँ गाडीको तल्लो भागबाट सुरु भएको भनिएको छ, जबकि उक्त सवारी साधनका चालकको आधिकारिक बयान अनुसार धुवाँ गाडीको अगाडिको भागतिर र यस कम्पनीको प्रारम्भिक अनुसन्धान प्रतिवेदनद्वारा पछाडिको बाँयाबाट सुरु भएको समेत पुष्टि भएको छ जुन गाडीको व्याटरी रहेको ठाऊँ भन्दा भिन्न रहेको छ।
यसरी घटनास्थलमा उपस्थित चालकको प्रत्यक्ष बयान तथा आधिकारिक अनुसन्धान प्रतिवेदनसँग स्पष्टतः बाझिने विवरण प्रकाशन गर्नु समाचारको न्यूनतम तथ्यपरकताको मापदण्डको उल्लंघन हो।

७. "ब्याट्रीभित्र थर्मल रनवे सुरु भएको संकेत भयो", "ब्याट्रीको केमिकल रियाक्सनले गर्दा उत्पन्न अत्यधिक तापक्रमको नतिजास्वरूप आगोको ज्वाला देखिन थाल्यो" "ब्याट्री प्याक भित्र एउटा सेलबाट अर्को सेलमा तापक्रम फैलिएपछि आगोले ठूलो रूप लिन्छ।" भने जस्ता दाबीहरु उल्लेख गरिएको छ, तथापि उत्पादक कम्पनी BYD का प्राविधिक विशेषज्ञहरूको सहकार्यमा गरिएको आधिकारिक प्राविधिक अनुसन्धान तथा घटना प्रतिवेदन बमोजिम, सवारी साधनको हाइ भोल्टेज ब्लेड ब्याट्री प्याकमा कुनै पनि थर्मल रनवेको संकेत वा क्षति नभएको स्पष्ट रूपमा पुष्टि भएको छ। ब्याट्रीमा थर्मल रनवे नै नभएको पुष्टि भइसकेको अवस्थामा भने ब्याट्रीको केमिकल रियाक्सनले आगो लागेको र सेलको तापक्रमले आगो फैलिएको भन्ने दाबीहरु स्वतः निराधार तथा तथ्यहीन सिद्ध हुन्छ।

८. उक्त समाचारमा "भिडियोहरूमा देखिए अनुसार केही क्षणमै गाडीको मुनिबाट ठूलो ज्वाला निस्किएर टायर र माथिल्लो भागतिर फैलिएको प्रष्ट देखिन्छ" भनी उल्लेख गरिएको छ। यस सम्बन्धमा यो कुरा स्पष्ट पार्न आवश्यक छ कि गाडीको मुनिबाट ज्वाला देखिनुमात्रले ब्लेड ब्याट्री नै आगोको स्रोत हो भन्ने निष्कर्षमा पुग्न मिल्दैन। सम्बन्धित पत्रकारद्वारा प्रमाणको रूपमा प्रयोग गरिएको सोही भिडियोमा समेत ब्याट्री नै आगोको स्रोत (Ignition Source) हो भनी कहीँ पनि पुष्टि भएको छैन उक्त निष्कर्ष सम्बन्धित सञ्चार माध्यमद्वारा स्वयं कारणी बनी, कुनै पनि प्राविधिक आधार, प्रमाण वा स्रोत विना सुनियोजित रूपमा सिर्जना गरिएको भ्रामक तथा निराधार कथन हो।

९. यस निवेदक कम्पनी तथा उत्पादक कम्पनी BYD का प्राविधिक विशेषज्ञहरूद्वारा गरिएको आधिकारिक अनुसन्धान प्रतिवेदनले स्पष्ट रूपमा पुष्टि गरेको छ कि आगोको कारण External Factors रहेको छ र ब्लेड ब्याट्री प्याक सम्पूर्णतः सुरक्षित रहेको छ।यसरी प्रमाणित प्राविधिक तथ्य तथा आधिकारिक अनुसन्धान प्रतिवेदनलाई पूर्णतः नजरअन्दाज गरी भिडियोको एकपक्षीय व्याख्याका आधारमा ब्याट्रीलाई आगोको स्रोत भनी प्रस्तुत गर्नु केवल तथ्यहीन मात्र नभई यस कम्पनीका ग्राहकवर्गमा अनावश्यक भ्रम तथा आतंक सिर्जना गरी कम्पनीको व्यावसायिक प्रतिष्ठामा गम्भीर क्षति पुऱ्याएको छ।

के थिए समाचार -

‘नेल पेनिट्रेसन टेस्ट’ र ब्लेड ब्याट्री भएको बीवाईडी गाडीमा पनि लाग्यो आगो ‘नेल पेनिट्रेसन टेस्ट’ र ब्लेड ब्याट्री भएको बीवाईडी गाडीमा पनि लाग्यो आगो

हाइ भोल्टेज ब्याट्री जलेर खरानी : बीवाईडी एटो थ्री आगलागीको सिलसिलेवार व्याख्या हाइ भोल्टेज ब्याट्री जलेर खरानी : बीवाईडी एटो थ्री आगलागीको सिलसिलेवार व्याख्या

बीवाईडी एटो टू दुर्घटनाबारे भोलिपल्टै बोलेको साइमेक्स नेल पेनिट्रेसन ब्याट्रीयुक्त एटो थ्रीको ब्याट्री खरानी हुँदा किन बोल्दैन? बीवाईडी एटो टू दुर्घटनाबारे भोलिपल्टै बोलेको साइमेक्स नेल पेनिट्रेसन ब्याट्रीयुक्त एटो थ्रीको ब्याट्री खरानी हुँदा किन बोल्दैन?

बलेको एटो थ्रीबारे साइमेक्स इंकको प्रतिक्रिया : अनुमानित जिकिर र वास्तविकताबीच गम्भीर बेमेल बलेको एटो थ्रीबारे साइमेक्स इंकको प्रतिक्रिया : अनुमानित जिकिर र वास्तविकताबीच गम्भीर बेमेल

 


प्रकाशित : शुक्रबार, असार ५ २०८३१४:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend