काठमाडौं- साताको अन्तिम कारोबार दिन आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १.६३ अंकले बढेर २७०२.११ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से ५.०६ अंकले घटेर बन्द भएको थियो।
साताको पहिलो कारोबारमा नेप्स परिसूचक २.२६ अंकले घटेको थियो।त्यसैगरि दोस्रो कारोबारमा ६.३१ अंकले घटेको थियो भने बुधबार नेप्स परिसूचक ०.०८ अंकले बढेको थियो।
आजको कारोबारमा ३ सय ५३ कम्पनीको १ करोड ९ लाख २२ हजार ५ सय २५ कित्ता सेयर ६१ हजार १ सय ७० पटक किनबेच भएको छ। ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार ५ सय ६८ रुपैयाँको कारोबार भएको छ।
आज सोपान फर्मास्युटिकल्स लिमिटेड र अपोलो हाइड्रोपावर लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक लिमिटेडडिबेन्चरको ३१ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आजको कारोबारमा १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। कारोबारमा बैंकिङ जम्मा ०.०८, विकास बैंक ०.१३, होटल तथा पर्यटन ०.३१, निर्जीवन बीमा ०.३३, अन्य ०.२९ प्रतिशत घटेको छ भने फाइनान्स ०.६६, जलविद्युत् ०.०९, लगानी ०.११, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.२४, माइक्रोफाइनान्स ०.०२ तथा व्यापार ०.७५ प्रतिशत बढेको छ।