शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ५ २०८३
युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ४.२८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

काठमाडौं- युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ४.२८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असार ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। इन्स्योरेन्सको चुक्ता पुँजी दुई अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित : शुक्रबार, असार ५ २०८३११:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend