शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेप्से परिसूचक २७ सय बिन्दुमा, कारोबार रकम ३ अर्ब ४१ करोड रुपैयाँमा सिमित

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ४ २०८३
नेप्से परिसूचक २७ सय बिन्दुमा, कारोबार रकम ३ अर्ब ४१ करोड रुपैयाँमा सिमित

काठमाडौं- साताको चौथो कारोबार दिन आज बिहीबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ५.०६ अंकले घटेर २७००.४७ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से ०.०८ अंकले बढेर बन्द भएको थियो।

काठमाडौं- साताको चौथो कारोबार दिन आज बिहीबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ५.०६ अंकले घटेर २७००.४७ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से ०.०८ अंकले बढेर बन्द भएको थियो।

आजको कारोबारमा ३ सय ४७ कम्पनीको ७७ लाख ४३ हजार ३० कित्ता सेयर ४१ हजार १ सय ४ पटक किनबेच भएको छ। ३ अर्ब ४१ करोड ७९ लाख ९४ हजार १ सय ७६ रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन ३ अर्ब ६३ करोड ३७ लाख ५८ हजार ९ सय १० रुपैयाँको कारोबार भएको थियो।

आज सोपान फर्मास्युटिकल्स लिमिटेड र अपोलो हाइड्रोपावर लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै आँखु खोला जलबिद्युत कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा ८ उपसमूहको परिसूचक घटेको छ। ५ उपसमूहको परिसूचक बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.८६ प्रतिहतले घटेको छ।

प्रकाशित : बिहीबार , असार ४ २०८३१५:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend