शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ४ २०८३
एभरेष्ट कलरको आईपीओ बाँडफाँट

कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ कराड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्कासन गरेको थियो।

काठमाडौं- एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ कराड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्कासन गरेको थियो। 

निष्कासनमा कुल २६ लाख ८७ हजार ४२१ जनाले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता सेयरका लागि आवेदन परेको थियो। जसमध्ये २६ लाख ४१ हजार ९५९ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार ६५ हजार ५७० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।

प्रकाशित : बिहीबार , असार ४ २०८३१०:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend