शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

विमानस्थलमा यात्रु ओसार्न गुण एयरलाइन्सको विद्युतीय बस

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज २ २०७८
विमानस्थलमा यात्रु ओसार्न गुण एयरलाइन्सको विद्युतीय बस

काठमाडौं- झन्डै ८ वर्षपछि गुणकै नाममा आन्तरिक उडान सुरु गरेको गुण एयरलाइन्सले यात्रु ओसारपसारमा विद्युतीय गाडी प्रयोगमा ल्याएको छ। २०७६ चैतदेखि उडान बन्द भएको सिम्रिक एयरलाइन्सको नाम परिर्वतन गर्दै गुण एयरलाइन्सले असोज १ देखि उडान सुरु गरेको हो।

एयरलाइन्सले पहिलो चरणमा चितवनबाट उडान सुरु गरेको हो। एयरलाइन्सले विस्तारै झन्डै एक दर्जन गन्तव्यमा उडान गर्ने तयारी गरेको हो। एयरलाइन्सले यात्रुलाई जहाजसम्म लैजाने र ल्याउनका लागि प्रयोग गरिने सवारीका लागि विद्युतीय बस प्रयोग गरेको हो।

एयरलाइन्सले २ वटा विद्युतीय बस सञ्चालनमा ल्ल्याएको हो। तर, विमानस्थलमा बस चार्जका लागि चार्जिङ स्टेशन भने तयारी भएको छैन। 

चार्जिङ स्टेशन नभए पनि प्राधिकरणले केही समय अगाडि मात्रै विमानस्थलमा नयाँ थपिने बस विद्युतीय हुनुपर्ने नियम ल्याएको थियो। सोही अनुसार गुणले विद्युतीय बस ल्याएको हो।

यसअघि यती एयरलाइन्सले भिभिआइपी र भिआइपीको लागि प्रयोग गर्न भन्दै एउटा विद्युतीय भ्यान विमानस्थल भित्र सञ्चालन गरिरहेको छ। यसैगरी एयरलाइन्सले कर्मचारी ल्याउन र लैजानका लागि पनि २ वटा विद्युतीय कार प्रयोग गरिरहेको छ। तर, चार्ज भने आफ्नो ह्याङगरमै गर्दै आएको छ।


प्रकाशित : शनिबार, असोज २ २०७८११:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend