शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

दुई वर्षदेखि रोकिएको 'नाडा अटो शो २०२२' भदौ ७ देखि हुने

images
सोमबार, चैत १४ २०७८
images
दुई वर्षदेखि रोकिएको 'नाडा अटो शो २०२२' भदौ ७ देखि हुने

२०७९ मा पनि दसैंअघि भदौ ७ देखि १२ सम्म (अगस्ट २३ देखि २८) हुने भएको छ। 

images
images

काठमाडौं- दुई वर्षदेखि रोकिएको सवारीसाधनको प्रदर्शनी तथा बिक्री मेला अटो शो आगामी वर्ष भदौ ७ गतेदेखि हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्दै आएको अटो शो दुई वर्षयता कोरोना महामारीका कारण हुन सकेको थिएन। 

images
images
images

नाडा अटो शो २०२२ भने अवस्था सामान्य रहेकाले हुनेमा अटोमोबाइल व्यावसायीहरु आसावादी रहेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै नाडाले अटो शो २०२२ को मिति तय गरेको हो। नाडाले गएको दुई वर्षलाई छाड्ने हो भने हरेक वर्ष दसैंअघि अटो शो गर्दै आएको थियो। २०७९ मा पनि दसैंअघि भदौ ७ देखि १२ सम्म (अगस्ट २३ देखि २८) हुने भएको छ। 

images
images

नाडा अटो शोमा नेपालमा उपलब्ध सवारीसाधन तथा सवारीजन्य पार्ट पुर्जाको प्रदर्शनी हुने छ। नाडा अटो शो २०२२ पनि काठमाडौंको भृकुटीपण्डप स्थित प्रदर्शनी हलमा हुनेछ। 

images
images


प्रकाशित : सोमबार, चैत १४ २०७८०५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend