शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

२०३० देखि टेस्लाले वार्षिक २ करोड कार बेच्ने

सोमबार, चैत १४ २०७८
२०३० देखि टेस्लाले वार्षिक २ करोड कार बेच्ने

काठमाडौं- टेस्लाले विद्युतीय कार उत्पादनमा आफूलाई अग्रणी बनाइरहने योजना अघि सारेको छ। अहिले पनि टेस्ला विश्वको सबैभन्दा ठूलो र धेरै विद्युतीय कार उत्पादक/बिक्रेता कम्पनी हो। यो पोजिसन कायम राख्न कम्पनीका संस्थापक तथा सीईओ एलन मस्कले विभिन्न योजनाहरु ल्याएका छन्। 

त्यस्तै योजना मध्येको एक हो २०३० को सुरुवातदेखि नै वार्षिक २ करोड विद्युतीय कार बिक्री गर्ने तयारी। यसका लागि टेस्लाले विभिन्न देशमा कार उत्पादन प्लान्ट स्थापना गरिरहेको छ। 

टेस्लाले अमेरिकापछि दोस्रो गिगा फ्याक्ट्री चीनको सांघाईमा स्थापपना गरेको थियो। हालै जर्मनीको बर्लिन बनाएको गिगा फ्याक्ट्रीबाट कार उत्पादन सुरु गरेको छ। टेस्लाले अमेरिकामै अर्को गिगा फ्याक्ट्री समेत बनाइरहेको छ। 

हाल टेस्लाले विश्वभर १६ वटा विभिन्न प्रकारका प्लादन प्यासिलिटी सञ्चालन गरिरहेको छ। टेस्लाले २०२१ मा करिब १० लाख कार बिक्री गरेको थियो। २०२० मा ५ लाख कार बिक्री गरेको टेस्लाले २०१९ मा ३ लाख ६७ हजार ५० सय वटा विद्युतीय कार विश्वभर बिक्री गरेको थियो। 

२०३० देखि वार्षिक २ करोड विद्युतीय कार बिक्री गर्न कठिन जस्तो देखिएपनि त्यसका लागि आफूले ठोस योजना बनाइसकेको टेस्ला सीईओ मस्कले गिगा बर्लिनबाट उत्पादित कार सार्वजनिक गर्ने क्रममा बताएका थिए। गिगा बर्लिनबाट २०२२ मा ५४ हजार कार उत्पादन हुने भएपनि २०२३ मा २ लाख ८० हजार र २०२५ मा पुग्दा वार्षिक ५ लाख कार उत्पादन हुने दाबी गरिएको छ। 


प्रकाशित : सोमबार, चैत १४ २०७८०६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend