शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको छ : गगन थापा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १३ २०७८
नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको छ : गगन थापा

पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि विकास हुनुपर्ने उनको भनाइ छ। 

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको बताएका छन्।

आइतबार गैरआवासिय नेपालीको १०औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालमा अबको आठदेखि दश वर्ष पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको बताएका हुन्।

उनले नेपालको कृषि बजारमुखि हुने र मानिसहरूलाई बाहिर पठाउनाले पनि अर्थतन्त्रमा असर परिरहेको स्पष्ट पारे। आन्तरिक स्रोतको परिचालनले मात्रै पूर्वाधारको विकास गर्न नसकिने भन्दै महामन्त्री थापाले बाह्य लगानी भित्र्याउनुपर्ने बताए।

पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि विकास हुनुपर्ने उनको भनाइ छ। 

‘हाम्रो कृषि बजारमुखि हुने, हाम्रो मानिसहरूलाई एक्सपोर्ट गरेर बाहिर पठाउने, सामान इम्पोर्ट ल्याएर चलाउने। यो धन्दा मात्रै चलाइ राखेर हामीले जति कुरा गरे पनि हाम्रो अर्थतन्त्रको चरित्र जस्ताको तस्तै राखेर हाम्रो देशको अवस्था बदलिनेवाला छैन। यसलाई बदल्ने कुरा हो। यसलाई बदल्ने कुराको सन्दर्भमा एउटा डिर्पाचर हामीलाई चाहिएको छ' उनले भने। 

महामन्त्री थापाले गैरआवासिय नेपालीलाई नेपालमा लगानी गर्न दिनुपर्ने बताए। गैरआवासिय नेपालीहरूको लगानीसँग नेपालीहरू डराउनु नहुने उनले बताए। उनीहरूलाई नेपालमा लगानी गर्न दिनका लागि नेपालका नेतृत्वले आत्मविश्वास देखाउनुपर्ने उनको भनाइ छ। महामन्त्री थापाले नेपालीले गैरआवासीय नेपालीहरूको लगानीलाई आशंकाको दृष्टिले हेर्नु नहुने बताए। 


प्रकाशित : आइतबार, चैत १३ २०७८१३:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend