शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुरु भयो फोर्स गुर्खाको बिक्री 

आइतबार, चैत १३ २०७८
सुरु भयो फोर्स गुर्खाको बिक्री 

काठमाडौं- फोर्स मोटर्स नेपालले आफ्नो  नयाँ गाडी गुर्खा नेपाली बजारमा बिक्री सुरु गरेको छ। 'ग्राउण्ड-अप मोडुलर आर्टिटेक्चर प्लेटफर्म'मा निर्मित यस गाडीको आकृतिले  अघिल्लो पुस्ताको  जी-वागनलाई प्रतिविम्बित गर्छ।  

लामो र चौडा  वनावट भएको गुर्खा को  क्याबिन अत्यन्त  फराकिलो  र आरामदायी छ।  यसमा चारै जना यात्रुको लागि  क्याप्टेन सिट लगायत  सर्वोत्कृष्ट  लेगरुम, हेडरुम, एल्बोरुम एवं  ५०० लिटरको बुट स्पेसको व्यवस्था छ।  

मर्सिडिज निर्मित  २६०० सीसी इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा एक मात्र यस्तो गाडी हो जुन विना कुनै समस्या तीन  अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्छ। त्यस्तै यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पाङ्ग्रामा भएको लक पनि अन्य भन्दा विशेष प्रकारको रहेको छ।  

पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध  गुर्खाको वारेन्टी ३ लाख  किमि वा ३ वर्ष छ।  साथै ग्राहकहरुले  चार पटकसम्म  निस् शुल्क सर्भिसिङ सेवा प्राप्त गर्नेछन्। दक्ष र अनुभवी जनशक्ति तथा अत्याधुनिक पूर्वाधार सहित द गोर्खा २०२१ को अधिकृत विक्रेताले ग्राहकहरुलाई उच्चभन्दा उच्च सेवा र सुविधा प्रदान गर्नेछ।  

'शक्ति, क्षमता ऎवम स्टाइलमा सर्वोत्कृष्ट फोर्स गुर्खा नेपालका बाटोलाई अन्त्यन्त उपयुक्त छ,' आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाले बताए। आयाम फोर्स मोटर्सको लागि नेपालको आधिकारिक विक्रेता हो।


प्रकाशित : आइतबार, चैत १३ २०७८०७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend