शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भारतीय ब्राण्ड ओडीसीका विद्युतीय मोटरसाइकल र स्कुटर नेपाली बजारमा

आइतबार, चैत १३ २०७८
भारतीय ब्राण्ड ओडीसीका विद्युतीय मोटरसाइकल र स्कुटर नेपाली बजारमा

काठमाडौं- विद्युतीय मोटरसाइकल र स्कुटर उत्पादक भारतीय कम्पनी ओडीसीका उत्पादनहरु नेपाली बजारमा बिक्री सुरु भएको छ। विद्युतीय मोटरसाइकल र स्कुटरको नयाँ सोरुम नक्सालमा रहेको छ। 

उक्त सोरुममा नयाँ विद्युतीय स्कुटर तथा मोटरसाइकलको उद्घाटन गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल भित्रै इनर्जीको खपत गर्न र नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न सबैलाई आग्रह गरे। विद्युतीय सवारी साधान प्रयोगमा ढिलाइ गर्न नहुने भन्दै उनले विद्युतीय सवारी साधन सञ्चालनका लागि सबै ठाउँमा चार्जिङ स्टेशनको व्यवस्था गर्न लागिएको बताए। 

ईगो अटोमोटिभले ओडीसी ब्रान्डका उत्पादन नेपाली बजारमा आधिकारिक बिक्रेताको रुपमा भित्र्याएको हो।

भारतकै ओएचएम नामक कम्पनीले ओडीसीका लागि विद्युतीय मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आएको छ।
भारतीय बजारमा उपभोक्ताको मन जित्न सफल विद्युतीय मोटरसाइकल र स्कुटरहरुले नेपाली बजारमा पनि सफल हुने अपेक्षा रहेको ओएचएम र ओडीसीका संस्थापक करनाकर रेड्डीले बताए।

ईगो अटोमोटिभसँगको सहकार्यमा नेपाली बजारमा विस्तार गरिएको उनको भनाइ छ। यो सोरुमबाट मोटरसाइकल, स्कुटर र साइकलका आकर्षक मोडेलहरुको बिक्री हुने ब्राण्ड ईगो अटोमोटिभका सञ्चालक लक्ष्मण रायमाझीले बताए। 

यी स्कुटरमा वातावरणअनुसार उज्यालो दिने एलईडी हेडलाइट, रेयर–डिस्क ब्रेकवाटर प्रुफिङ, ब्लू टूथ, कि-लेस इन्ट्री, सर्च मोड, सेन्सर कन्ट्रोल सिस्टम र फेलियर इन्डिकेसन सिस्टमलगायत विशेषता छन्। फेलियर इन्डिकेसन सिस्टमले स्कुटरको मोटर, ब्रेक र स्पिड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउने कम्पनीले जनाएको छ। 

ओडीसीका उत्पादनहरु स्पोर्टी, क्याजुअल र स्टाइलिस भएकाले सबै खाले उपभोक्ताको रोजाइमा पर्नेमा विश्वास गरिएको कम्पनीका संस्थापक रेड्डीले बताए। यी मोटरसाइकल तथा स्कुटर पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्राण्डको तुलनामा अब्बल तथा यसमा प्रयोग भएका पार्ट्स संसारकै उत्कृष्ट कम्पनीको प्रयोग गरिएको समेत उनले जानकारी दिए। 


प्रकाशित : आइतबार, चैत १३ २०७८०६:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend