बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

अनुमतिविना यार्सागुम्बा संकलन गर्न गएका २५ जना नियन्त्रणमा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २५ २०८३
अनुमतिविना यार्सागुम्बा संकलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगुका विभिन्न पाटनमा यार्सागुम्बा सङ्कलन गर्न गएका एक बालिकासहित २५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए।

मुगु- अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

मुगुका विभिन्न पाटनमा यार्सागुम्बा सङ्कलन गर्न गएका एक बालिकासहित २५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए।

मुगुम कार्मारोङ गाउँपालिकाले यार्सागुम्बा सङ्कलनसम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सागुम्बा सङ्कलनको समय नजिकिँदै गर्दा मुगुका यार्सापाटनमा सुरक्षा बढाइएको छ। 

मुगुका दुई दर्जनभन्दा बढी वन तथा पाटनमा पाइने बहुमुल्य, बहुउपयोगी जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालीकोट, अछामसहित मुलुकभर र भारतबाट सङ्कलनकर्ता र खरिदकर्ता पाटन पुग्ने गरेका छन्। 

यार्सागुम्बा दुर्गमका जनताको प्रमुख आर्थिक स्रोतका रुपमा रहेको छ। यहाँ जनता आफ्नो वर्षभरिको पारिवारिक खर्च यार्सागुम्बा बिक्रीबाटै जुटाउने गर्दछन्।

प्रकाशित : शुक्रबार, वैशाख २५ २०८३१३:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend