शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेप्से परिसूचक सामान्य घट्यो, ३ अर्ब १९ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २३ २०८३
नेप्से परिसूचक सामान्य घट्यो, ३ अर्ब १९ करोड रुपैयाँको कारोबार

आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १.६४ अंकले घटेर २७११.२२ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से परिसूचक ८.७८ अंकले बढेर २७१२.८६ बिन्दुमामा पुगेर बन्द भएको थियो।

काठमाडौं- सेयर बजार परिसूचक नेप्से यो साताको तेस्रो कारोबारमा आज सामान्य अंकले घटेको छ।

आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १.६४ अंकले घटेर २७११.२२ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से परिसूचक ८.७८ अंकले बढेर २७१२.८६ बिन्दुमा पुगेर बन्द भएको थियो। 

आजको कारोबारमा ३ सय ३६ कम्पनीको ७१ लाख ३१ हजार ५ सय ५७ कित्ता सेयर ४७ हजार ८ सय ४१ पटक किनबेच हुँदा ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार ७ सय ७९ रुपैयाँको कारोबार भएको छ।

आज सबैभन्दा धेरै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साढे १३ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीको २२ करोड ११ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। 

आजको कारोबारमा ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहमध्ये परिसूचक घटेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.५६ प्रतिशत घटेको छ। 

बैंकिङ ०.१६, फाइनान्स ०.१९, होटल तथा पर्यटन ०.२२, लगानी ०.४०, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.१९ तथा अन्य ०.०३ प्रतिशत बढे। त्यस्तै विकास बैंक ०.५१, हाइड्रोपावर ०.४३, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.५६ र व्यापार समूह ०.२५ प्रतिशत घटेको छ।


प्रकाशित : बुधबार, वैशाख २३ २०८३१५:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend