शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेप्से परिसूचक सामान्य बढ्यो, कारोबार घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २२ २०८३
नेप्से परिसूचक सामान्य बढ्यो, कारोबार घट्यो

आजको कारोबारमा ३ सय ३५ कम्पनीको ७७ लाख ३४ हजार १२ कित्ता सेयर ६२ हजार २५ पटक किनबेच हुँदा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार ३ सय ९२ रुपैयाँको कारोबार भएको छ।

काठमाडौं- सेयर बजार परिसूचक नेप्से यो साताको दोस्रो कारोबारमा सामान्य अंकले बढेको छ।

आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ८.७८ अंकले बढेर २७१२.८६ मा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से ३४.६३ अंकले घटेर २७०४.०८ बिन्दुमा पुगेर बन्द भएको थियो। 

आजको कारोबारमा ३ सय ३५ कम्पनीको ७७ लाख ३४ हजार १२ कित्ता सेयर ६२ हजार २५ पटक किनबेच हुँदा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार ३ सय ९२ रुपैयाँको कारोबार भएको छ।

आजको कारोबारमा सबैभन्दा धेरै अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड साढे ११ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीको २३ करोड ५७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। 

आजको कारोबारमा ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहमध्ये परिसूचक घटेको छ। आज हाइड्रोपावर उपसमूहको परिसूचक सबैभन्दा धेरै १.०२ प्रतिशत बढेको छ। 

त्यस्तै बैंकिङ ०.४३, लगानी ०.१८, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.६३ र अन्य समूह ०.०८ प्रतिशत बढे भने विकास बैंक ०.०४, फाइनान्स ०.१२, होटल तथा पर्यटन ०.०६, माइक्रोफाइनान्स ०.२१, निर्जीवन बीमा ०.१२ र व्यापार समूह ०.२९ प्रतिशत घटेको छ ।

 


प्रकाशित : मंगलबार, वैशाख २२ २०८३१५:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend