मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

तातोपानी नाकाबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ११ २०७८
images
images
तातोपानी नाकाबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो
images
images

सिन्धुपाल्चोक- तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन  रासायनिक युरिया मल नेपाल भित्रिएको छ। सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो।

images
images
images

बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण  गरी राजधानी पठाइएको  तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले जानकारी दिए।

images
images

रासायनिक मलको चर्को अभाव झेल्दै आएका किसानलाई यसले राहत दिने बताइएको छ। सिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी पाएको थियो।

images
images
images

बोलपत्र पाएपछि छ महिनाअघि सो कम्पनीले पहिलो खेपमा १ हजार ५ सय मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ। अहिले बाँकी मल ल्याउन थालिएको कम्पनीले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, चैत ११ २०७८०८:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend