काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ अर्को अध्यादेश जारी गरेका छन्। सरकारले शुक्रबार नै पेस गरेको सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-२०८३ जारी गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद्बाट सिफारिस भएर आएको सम्पत्ति शुद्धीकरण (मनी लान्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ शुक्रबार जारी गरिएको हो।
सरकारले ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ। यसअघि सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेको छ।
अन्य अध्यादेश भने अध्ययन भइरहेको राष्ट्रिय कार्यालयले जनाएको छ। संवैधानिक परिषद् लगायतका केही अध्यादेशमा राष्ट्रपति पौडेलले बिहीबार कानूनका विज्ञसँग छलफल गरेका थिए।