शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

गण्डकदेखि मितेरीपुलसम्मको सडकको केन्द्रविन्दु छुट्टयाउन थालियो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख १८ २०८३
गण्डकदेखि मितेरीपुलसम्मको सडकको केन्द्रविन्दु छुट्टयाउन थालियो

वीरगंज- सडक डिभिजन हेटौँडाले त्रिभुवन राजपथअन्तर्गतको गण्डकचोकदेखि  मितेरीपुलसम्मको सडकको केन्द्रविन्दु निर्धारणका लागि नापजाँच सुरु गरेको छ।

वीरगंज- सडक डिभिजन हेटौँडाले त्रिभुवन राजपथअन्तर्गतको गण्डकचोकदेखि मितेरीपुलसम्मको सडकको केन्द्रविन्दु निर्धारणका लागि नापजाँच सुरु गरेको छ। 

सडक डिभिजन हेटौँडा, मालपोत तथा भूमिसुधार कार्यालय, वीरगंज महानगरलगायतको संयुक्त टोलीले आज वीरगञ्जको घण्टाघर आसपासको सडकको रेखाङ्कन तथा नापजाँचको काम अघि बढाएको हो। सडक डिभिजन हेटौँडाले यही वैशाख ६ गते सो सडकखण्डमा अतिक्रमण गरेर बनाएका घर–टहरा स्काभेटर लगाएर भत्काउन थालेको थियो। 

त्रिभुवन राजपथअन्र्तगत सो सडकको केन्द्रविन्दुबाट दायाँबायाँ २५-२५ मिटर मापदण्ड तोकिएको छ। सोही मापदण्डअनुसार सडक डिभिजन हेटौँडाले वैशाख १५ गतेदेखि सो खण्डको सडकको केन्द्रविन्दु निर्धारण गर्न सुरु गरेको हो। सडक डिभिजन हेटौँडाका इन्जिनियर भोलाप्रसाद साहले मापदण्डअनुसार सडकको केन्द्रविन्दु निर्धारण गर्न लागेको जानकारी दिए। 

वीरगंज महानगरले सडकको केन्द्रविन्दुबाट २५-२५ मिटरपछि पनि थप सडकको दायाँबायाँ पाँच-पाँच फिट छोड्न निर्देशन दिएको छ। इन्जिनियर साहले सडक विभागले गण्डकचोकदेखि मितेरीपुलसम्मको सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) निर्माणका लागि आवश्यक तयारी थालिसकेको बताए। रासस


प्रकाशित : शुक्रबार, वैशाख १८ २०८३११:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend