शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

घट्यो पेट्रोल र डिजेलको मूल्य, ग्यास र हवाई इन्धनको बढ्याे

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख १८ २०८३
घट्यो पेट्रोल र डिजेलको मूल्य, ग्यास र हवाई इन्धनको बढ्याे

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा नयाँ समायोजन गरेको छ। शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा वृद्धि गरेको छ।

निगमको नयाँ दररेट अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँले मूल्य कटौती गरिएको छ। यो समायोजनसँगै पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २ सय १४ रुपैयाँ ५० पैसा र डिजेल-मट्टितेलको मूल्य २ सय २२ रुपैयाँ ५० पैसा कायम भएको छ।

अर्कोतर्फ, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढेकाले सर्वसाधारण र हवाई यात्रुलाई थप भार पर्ने देखिएको छ। एलपी ग्यासमा प्रति सिलिन्डर १ सय ५० रुपैयाँले वृद्धि भएपछि अब उपभोक्ताले एक सिलिन्डरको २ हजार १ सय ६० रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँमा प्रति किलोलिटर ४६ अमेरिकी डलरले मूल्य बढाइएको निगमले जनाएको छ।

प्रकाशित : शुक्रबार, वैशाख १८ २०८३१०:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend