काठमाडौं- बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १९ लाख ९९ हजार ५०२ राजस्व दाखिला भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २ सय २५, ट्राफिक संकेत उल्लंघनकर्ता १ सय ३७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय ५३ जनालाई कारबाही गरिएको हो।
यसैगरी ‘लेन’ अनुशासन पालना नगर्ने १ सय ९४, निषेधित क्षेत्रमा हर्न बजाउने ५८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०९, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लंघनकर्ता ४१ र अन्य सवारी नियम पालना नगरेका एक हजार १ सय २१ जनालाई कारबाही गरिएको हो।