काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आजै दास्रो अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति पौडेलले बिहीबार नै सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका हुन्।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेको राष्ट्रपति कार्यालयलौ जनाएको छ।
संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयको भनाइ छ।
राष्ट्रपति पौडेलले आजै सहकारीसम्बन्धी अध्यादेश पनि जारी गरेका थिए। सरकारले राष्ट्रपति समक्ष ५ वटा अध्यादेश पेस गरेको छ।