काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले एउटा अध्यादेश जारी गरेका छन्। सरकारले पेस गरेका ५ अध्यादेशमध्य राष्ट्रपति पौडेलले बिहीबार सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन्।
सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्तिमार्फत जनाएका छन्।
संविधानको धारा ११४ को उपधारा १ बमोजिम सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।